काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध सोमबारदेखि लागू भएको छ । ट्रम्पले गत हप्ता उक्त आदेशमा हस्ताक्षर गरेका थिए । जसमा १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ । यी देशका नागरिकले अब अमेरिका जान पाउने छैनन् ।
यसैबीच, अमेरिकामा सात देशका नागरिकको प्रवेश आंशिक रूपमा सीमित गरिएको छ। यी देशहरू बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला हुन् ।
ट्रम्पको यात्रा प्रतिबन्ध अफगानिस्तान, म्यानमार, चाड, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूका लागि हो।