मंगलवार, श्रावण १९,२०८३ 02:10:43
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:10:43
Bizshala
Global IME Bank Limited

सर्वोत्तम सिमेन्ट आईपीओ बाँडफाँड: २६ जनाको भागमा ५१ कित्ता, ९ लाख बढीको हात खाली

सर्वोत्तम सिमेन्ट आईपीओ बाँडफाँड: २६ जनाको भागमा ५१ कित्ता, ९ लाख बढीको हात खाली
New Office

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान १० बजे कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।  

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि बुक बिल्डिङ बिधिमार्फत आईपीओ निष्कासन गरेको थियो ।  

कम्पनीले प्रतिकित्ता ३६०.९० रुपैयाँ दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । क्यापिटलका अनु्सार कम्पनीको आईपीओमा कुल ९ लाख ६० हजार ३०१ आवेदकबाट १८ अर्ब २६ करोड ६३ लाख ६१ हजार ६२४ रुपैयाँबराबरको ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

यसमध्ये ९ लाख ५८ हजार ९५९ कित्ता सदर भएको र १ हजार ३४२ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।  

यसरी कुल सदर ९ लाख ५८ हजार ९५९आवेदकबाट १८ अर्ब २३ करोड ९२ लाख ७६ हजार ०७९ रुपैयाँबराबरको ५ करोड ५ लाख ३८ हजार ३१० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।  

कुल आवेदकमध्ये ५५ हजार ५२१ जनालाई ५० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ ।  बाँकी रहेको २६ कित्ता सेयर २६ जना लाई थप १–१ कित्ताका दरले बाँडफाँड गरिएको छ । यसरी बाँकी ९ लाख ३ हजार ४३८ सदर आवेदकको हात भने खाली भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.