बुधबार, असार १०,२०८३ 11:33:32
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:33:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल

Laxmi Sunrise Bank Limited
सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ आर्थिक वर्षमा न्यूरो साइन्सेस सेन्टर स्थापना गरिने बताएका छन् । राष्ट्रिय सभामा सदस्य जगप्रसाद शर्माले उठाएको प्रश्नको जवाफ दिंदै उनले नेपाल सरकारको आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत नीति कार्यक्रममा एक सुविधा सम्पन्न न्यूरो साइन्सेस सेन्टर स्थापना गर्ने उल्लेख भएको र बजेट समेत व्यवस्था भएको बताए ।

मन्त्री पौडेलले सो केन्द्रमा विशेष पुनस्र्थापना ईकाई बनाइने बताए । पुनस्र्थापना सेवा स्वास्थ्य प्रणालीको अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले विशेषगरी दीर्घकालीन रोग, अपाङ्गता, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई पुनःसामान्य जीवनमा फर्कन सघाउने बताए ।

New Office
CG Motors
Garima Development Bank

अहिले नेपालमा निजी क्षेत्रबाट सञ्चालित पुनस्र्थापना केन्द्रहरू प्रमुख सहरहरूमा सीमित रहेको भन्दै मन्त्री पौडेलले सबै क्षेत्रका सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयासरत रहेको बताए ।

‘पुनर्स्थापना सेवा प्रत्यक्षरूपमा क्लिनिकल तथा दीर्घकालीन स्वास्थ्य प्रणालीसँग आबद्ध हुने भएकाले, यसमा विभिन्न विभाग, महाशाखा तथा मन्त्रालयबीच समन्वय आवश्यक पर्दछ,’ मन्त्री पौडेलले भने, ‘मन्त्रालयले स्थानीय तहलाई पुनस्र्थापना कार्यमा सशक्त बनाउनका लागि स्रोत र क्षमता अभिवृद्धि गर्दै पुनस्र्थापना सेवा कृत्रिम अंग र सहायक उपकरणको विस्तार गरिरहेको बताए ।

मन्त्री पौडेलले नेपालको स्वास्थ्य प्रणालीलाई पुनर्स्थापनामैत्री बनाउने दिशातर्फ बाटो अघि बढिरहेको बताए । स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य सेवा विभाग मातहतको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखा मार्फत पुनस्र्थापना सेवा प्रवाह भईरहेको मन्त्री पौडेलले बताए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘नेपाल सरकारको  नीति तथा कार्यक्रम आव २०७९/२०८०  मा शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति तथा क्यान्सर लगायतका दीर्घरोगबाट प्रभावित नागरिकहरूको लागि सातै प्रदेशमा पुनस्र्थापना तथा परामर्श केन्द्र स्थापना गर्न मापदण्ड, ल्याई कार्य भईरहेको छ,’ उनले भने,‘पुनस्र्थापना सेवाको पहूँच र गुणस्तर कायग गराउन राष्ट्रिय पुनस्र्थापना सम्बन्धी रणनीतिको तयारी भैरहेको छ ।’

अहिले २३ वटा सङ्घीय अस्पतालहरु, ३६ वटा प्रादेशिक अस्पताल र जिल्ला अस्पतालहरुबाट फिजियोथेरापी सेवाहरु प्रवाह भईरहेको छ ।  

सरकारले तयार पाररिरहेको राष्ट्रिय पुनस्र्थापना रणनीतिको मस्यौदामा संघीय तहमा नमुनाको रुपमा कम्तीमा एउटा सरकारी पुनस्र्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखिएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.