काठमाण्डौ । विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल(एनईभी) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेको छ। कम्पनीले उक्त महिना ३१ हजार ४८८वटा एनईभी बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो र यसले चुनौतिपूर्ण प्रथम त्रैमासिक बाबजुत पुनरागमनको संकेत गरेको छ।
चोंगकिंग लियाङ जियाङ न्यू एरियामा रहेको यो अटोमोबाइल निर्माता कम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको एनईभी बजारमा बलियो उपस्थिती बनाएको छ। यसको प्रमुख मोडल एम९ मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ र यो मोडलले पहिले बीएमडब्लु, मर्सिडीज–बेन्ज, आदि जस्ता लक्जरी इन्धन गाडीहरू चढेकाहरूलाई आकर्षित गरेको छ। एम९ ले ५००,००० युआन (लगभग ६९,४३५ अमेरिकी डलर) मूल्यको लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महिना सम्म चीनकोसेल्स चार्टमा अग्रस्थान कायम राखेको छ।
सन् २०२५ को पहिलो त्रैमासिकमा बिक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँ मोडेलमा रूपान्तरण भइरहेको ट्रान्जिसनसँग जोडेर हेरेका थिए। मार्चमा अपडेट गरिएको ःएम९ को सार्वजनिक वितरणर अप्रिलमा एम८ को सुरुवातसँगै उपभोक्ताको चासो पुनःजागृत भएको छ र अब फेरि बिक्री वृद्धिको सम्भावना बलियो बनेको कम्पनीले जनाएको छ।
बिक्रीको तथ्यांक अनुसार, जनवरीमा बिक्री १२ हजार ४८३ युनिट थियो । जुन मार्चमा घटेर ५,२३६ मा झर्यो। तर ःएम९ को२०२५ संस्करणको पहिलोपूर्ण वितरण महिना अप्रिलमा यो पुनःबढेर १३ हजार १४९ युनिट पुगेको छ।
अप्रिल १६ मा सार्वजनिक गरिएको एम७, एम८ र एम९को बीचको मोडलहो र यसको मूल्य ३५९,८०० युआन देखि ४४९,८०० युआन सम्म तोकिएको छ। लिडार प्रविधि र हारमोनी ओएस ककपिट जस्ता उच्चस्तरीय सुविधा भएको योमोडेल ले ःएम९ भन्दा करिब १,००,००० युआन सस्तो मूल्यमा लक्जरी रस्मार्ट फिचरहरू प्रदान गर्दछ। सार्वजनिक भएको केहीसाता भित्रै यसले ७०,००० भन्दा बढी प्री–अर्डर प्राप्त गर्नुले पनि उपभोक्ताको ठूलो उत्साह झल्काएको कम्पनीको भनाई छ।
सेरेसको सन् २०२४ को वार्षिक प्रतिवेदन अनुसार, कम्पनीले २०२४ मा ४,२६,८८५ वटा एनईभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १८२.८४ प्रतिशतले बढी हो। तर सन् २०२५ को पहिलो चार महिनाको ट्रेण्डलाई हेर्दा, गत वर्षको बिक्री स्तर कायम राख्नु चुनौतीपूर्ण देखिन्छ।
हाल सम्म सेरेसलेःएम८ को विस्तृत डेलिभरी डाटा सार्वजनिक गरेको छैन, जसले गर्दा यसको वार्षिक प्रदर्शनमा कति प्रभाव पर्छ भन्ने मूल्याङ्कन गर्न कठिन छ। यद्यपि प्री(अर्डर तथ्यांकहरूले उच्च माग देखाएता पनि, वास्तविक वितरण भने उत्पादन क्षमताको सीमा, स्टक व्यवस्थापन र अर्डर रद्द हुने जस्ता कारणहरूले फरक पर्न सक्छ।
सेरेसको अप्रिलमा भएको सेल्स रिबाउन्ड चीनको सम्पूर्ण एमईभी बजारले फेरि मोमेन्टम पाएको संकेत पनि हो।चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार, सन् २०२५ को अप्रिलमा चीनमा कुल १.२२६ मिलियन एनईभी बिक्री भएका थिए, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.२ प्रतिशतले बढी हो। सो महिनामा चीनमा बिक्री भएका कुल २.५९मिलियन सवारी साधनहरू मध्ये ४७.३ प्रतिशत एनईभीहरू थिए।