काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सार्वजनिक सडक र फुटपाथ खन्ने कार्यलाई आगामी दुई महिना रोक लगाउने निर्णय गरेको छ। महानगरले एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म महानगरको सीमा क्षेत्रभित्र सडक वा फुटपाथ खन्न स्वीकृति वा सहमति प्रदान गर्ने कार्य स्थगित गर्ने जनाएको हो ।
‘काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक र फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको छ,’ महानगरपालिकाको सार्वजनिक निर्माण विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
सडक खन्ने कार्यले वर्षायाममा थप समस्या र दुर्घटनाको जोखिम बढाउने भएकाले यस्तो निर्णय गरिएको महानगरले जनाएको छ ।