काठमाण्डौका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम
काठमाण्डौ। काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाण्डौ जिल्लाभित्रका सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम दिइएको छ ।काठमाण्डौ महानगरपालिका र काठमाण्डौ उपत्यका विकास प्राधिकरणको असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत बनेका संरचना खाली गराउने÷हटाउने निर्णय गरेको हो ।

