अविरल वर्षाका कारण काठमाण्डौको फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर ननिकाल्न महानगरको आग्रह
काठमाण्डौ । अविरल वर्षाका कारण फोहोर विसर्जन गर्ने ल्यान्डफिल साइटमा समस्या उत्पन्न भएपछि काठमाडौं महानगरपालिकाले केही समयका लागि फोहोर सङ्कलन तथा ढुवानी प्रभावित हुने जनाएको छ। महानगरले नगरवासीलाई तत्काल फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको छ।महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै निरन्तर वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरो गएको...

