सोमबार, भाद्र १६,२०८२ 07:18:31
  • सोमबार, भाद्र १६,२०८२ 07:18:31
Global IME Bank Limited

काठमाण्डौ महानगरभित्रका सार्वजनिक स्थलममा धम्रपान गरे प्रत्येकपटक ५ सय जरीवाना तिर्नुपर्ने

Hyundai Nepal
काठमाण्डौ महानगरभित्रका सार्वजनिक स्थलममा धम्रपान गरे प्रत्येकपटक ५ सय जरीवाना तिर्नुपर्ने
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका सार्वजनिक स्थलममा धम्रपान गरे प्रत्येकपटक ५ सय जरीवाना तिर्नु पर्ने भएको छ । महानगरको हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास भएसँगै यस्तो व्यवस्था गर्न लागिएको हो ।  

यसबारे नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । महानगरको हटलाइनमा सार्वजनिक स्थलहरुमा धुम्रपान भएको भन्ने व्यापक गुनासो आएसँगै जरीवाना गर्न लागिएको पाण्डेले बताए । उनले साउन महिनाभरी यसका लागि जनमानसमा व्यापक प्रचार गरिने र भदौबाट कारवाही गरिने बताए । 

यस्तै  जथाभावी सवारी साधन पार्कि गर्नेलाई समेत जरीवानाको व्यवस्था गरिएको उनले जानकारी दिए । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै किसिमका तीनपाङ्ग्रे सवारी साधन र मोटरसाइकल र स्कुटीलाई एक हजार जरिवाना तिराइने बताए ।  यस्तै सानो चारपांग्रे सवारी साधन लाई २५०० जरिवाना गरिने उनले बताए ।

यस्तै मझौला सवारी साधन लाई  ३५ सय र ठूला सवारी साधनलाई ५ हजार जरीवान तिरा्रइने उनले जानकारी दिए। 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.