बिहीबार, श्रावण २८,२०८३ 01:15:05
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:15:05
Bizshala
Global IME Bank Limited

काठमाण्डौ महानगरको बजेट आकार बढ्यो, रु.२५.८८ अर्ब विनियोजन

Prabhu Bank Limited
काठमाण्डौ महानगरको बजेट आकार बढ्यो, रु.२५.८८ अर्ब विनियोजन
New Office

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि पौने २६ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।  

महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्दै आगामी आवको लागि काठमाण्डौ महानगरपालिकाको लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको बजेट विनियोजन भएको बताईन् ।

काठमाण्डौ महानगरपालिकाले चालु आवका लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।

महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्चित कोषबाट २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ खर्च हुने तथा ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार रहने अनुमान गरिएको छ ।

डंगोलका अनुसार आगामी आवमा सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ । महानगरको आन्तरिक आय तथा बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी नेपाल सरकार र प्रदेश सरकारबाट ससर्त, समानीकरण तथा राजस्व बाँडफाँडमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ । जनसहभागिताबाट थप १ करोड रुपैयाँ जुट्ने अपेक्षा गरिएको छ ।

क्षेत्रगत रूपमा हेर्दा आर्थिक विकासतर्फ कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकासका लागि २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ (९.६ प्रतिशत) छुट्याइएको छ ।

पूर्वाधार विकासका लागि भने महानगरले १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६१ प्रतिशत प्रस्ताव गरिएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ (८.५ प्रतिशत) विनियोजन गरिएको छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ अर्थात् १८.८ प्रतिशत बजेट छुट्याइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.