Bizshala
  • बुधबार, पुष १६,२०८२ 11:35:41
Bizshala
Global IME Bank Limited

काठमाण्डौका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम

Hyundai Nepal
काठमाण्डौका अतिक्रमित र मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम
Shivam Cement

काठमाण्डौ। काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाण्डौ जिल्लाभित्रका सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम दिइएको छ ।

काठमाण्डौ महानगरपालिका र काठमाण्डौ उपत्यका विकास प्राधिकरणको असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीत बनेका संरचना खाली गराउने÷हटाउने निर्णय गरेको हो ।

CG Motors
Bizshala
Garima Development Bank

स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भए गरेका कार्यहरू ७ दिनभित्र हटाइ सहयोग गरिदिन सबैलाई सूचित समेत गरिएको छ ।  

सूचनामा भनिएको छ, ‘काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारवाही गरी खाली गरिने यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

यस्ता स्थान र संरचनाका विषयमा सर्वसाधारण नागरिकले जानकारी उपलब्ध गराउन समेत सक्नेछन् । 

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.