आईतवार, श्रावण ११,२०८२ 09:48:39
  • आईतवार, श्रावण ११,२०८२ 09:48:39
Global IME Bank Limited

अब काठमाण्डौमा घर बनाउँदा २०% क्षेत्रफलमा अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्ने

Hyundai Nepal
अब काठमाण्डौमा घर बनाउँदा २०% क्षेत्रफलमा अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्ने
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र घर बनाउदा २० प्रतिशत क्षेत्रफलमा अनिवार्य पार्किङ बनाउनुपर्ने भएको छ । महानगरपालिकाले आगामी १ वैशाख गतेदेखि चार आनाभन्दा बढी जग्गामा घर बनाउँदा कसल क्षेत्रफलको २० प्रतिशत क्षेत्रमा अनिवार्य पार्किङ बनाउनुपर्ने नियम लागू गर्न लागेको हो ।  

Muktinath Bikas Bank Limited

महानगरले ‘भवन निर्माण मापदण्ड २०८० तथा भवनसंहिता’ लागु गर्दै यस्तो व्यवस्था गर्न लागेको हो । यसरी पार्किङको व्यवस्था गर्दा सडकको क्षेत्राधिकारमा नपर्ने गरी सेटब्याकमा पर्ने जग्गाको क्षेत्रफल समेत प्रयोग गर्न पाइनेछ ।    

संरक्षित स्मारक उपक्षेत्रमा भने यो मापदण्ड लागू हुने छैन ।  । पार्किङका लागि सडकको क्षेत्राधिकारभित्र नपर्ने गरी सेड ब्याकमा पर्ने जग्गाको क्षेत्रफल समेत प्रयोग गर्न पाइनेछ ।

व्यवसायिक प्रयोजनका लागि उपयोग गरिएका भवनहरुले पनि आफ्नो लागि पार्किङको व्यवस्था आफै गर्नुपर्नेछ ।  

यसका साथै भवनको नक्सालाई दुई चरणमा स्वीकृत गरिने महानगरले जनाएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको निर्माण पहिलो चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने महानगरले निर्णय गरेको छ ।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.