बुधबार, आश्विन ७,२०८३ 06:31:48
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 06:31:48
Bizshala
Global IME Bank Limited

घरजग्गा कारोबार फर्कियो लयमा, एक वर्षमै राजस्व संकलन ८ अर्बभन्दा बढी वृद्धि

भदौमा मात्रै ६३ करोड बढ्यो

Bizshala
घरजग्गा कारोबार फर्कियो लयमा, एक वर्षमै राजस्व संकलन ८ अर्बभन्दा बढी वृद्धि
New Office

-रविन ठकुरी 

 

काठमाण्डौ । सुस्ताउँदै गएको घरजग्गा कारोबारमा सुधार देखिन थालेसँगै यसबाट सरकारलाई प्राप्त हुने राजस्व पनि उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारबाट कुल ६० अर्ब ७३ करोड ७२ लाख ३२ हजार ७७१ रुपैयाँ राजस्व संकलन भएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा कारोबारबाट करिब ५२ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। यस आधारमा एक वर्षमै घरजग्गाबाट उठ्ने राजस्वमा करिब ८ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

विभागका सूचना अधिकारी सूर्यप्रसाद कोइरालाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १६ लाख ५५ हजार ८८४ वटा कारोबारबाट उक्त राजस्व संकलन भएको हो।

यो राजस्व महिला, एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति लगायतलाई दिइएको छुट कटाएर प्राप्त भएको हो।

यस अवधिमा महिलालाई ५ अर्ब ४७ करोड ७९ लाख ६१ हजार ५९० रुपैयाँ ८० पैसा, एकल महिलालाई २ करोड ११ लाख १७ हजार २४५ रुपैयाँ तथा दलित, अपाङ्गता भएका व्यक्ति लगायत अन्य शीर्षकमा १५ करोड १९ लाख २७ हजार ७०३ रुपैयाँ राजस्व छुट दिइएको विभागले जनाएको छ।

भदौमा मात्रै ४ अर्ब ७२ करोड राजस्व

चालु आर्थिक वर्षको भदौ महिनामा समेत घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा सुधार आएको छ।

२०८३ साल भदौमा घरजग्गा कारोबारबाट ४ अर्ब ७२ करोड १० लाख ६० हजार ५३८ रुपैयाँ राजस्व संकलन भएको छ। साउनमा भने ४ अर्ब ८ करोड ७५ लाख ७७ हजार २७६ रुपैयाँ राजस्व उठेको थियो।

यसरी साउनको तुलनामा भदौमा राजस्व संकलन ६३ करोड ३४ लाख ८३ हजार २६२ रुपैयाँले बढेको छ।

‘भदौ महिनाबाट वास्तविक कारोबार सुरु भएको देखिन्छ। त्यसैले साउनको तुलनामा भदौको कारोबारमा सुधार आएको हो,’ कोइरालाले भने, ‘आवासयोग्य जग्गाको कारोबार हिउँदमा बढ्ने प्रवृत्ति भएकाले आगामी दिनमा कारोबार अझ बढ्न सक्छ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

असारमा ११ अर्ब ९४ करोड, साउनमा तीव्र गिरावट

२०८३ साउनमा घरजग्गा कारोबारबाट ४ अर्ब ८ करोड ७५ लाख ७७ हजार २७६ रुपैयाँ राजस्व संकलन भएको थियो।

त्यसअघि २०८३ असारमा भने घरजग्गाबाट ११ अर्ब ९४ करोड ८५ लाख ७४ हजार ४५४ रुपैयाँ राजस्व उठेको थियो। यस आधारमा असारको तुलनामा साउनमा राजस्व संकलन आधाभन्दा बढी घटेको देखिन्छ।

विभागका अनुसार बजेटमार्फत पूँजीगत लाभकरको दर परिवर्तन हुने र नयाँ दर साउन १ गतेदेखि लागू हुने भएकाले कारोबारीहरूले असारमै कारोबार टुंग्याउने प्रवृत्ति देखिन्छ। यही कारण असारमा घरजग्गा कारोबार र राजस्व अस्वाभाविक रूपमा बढी देखिने गरेको विभागको भनाइ छ।

साउनमा महिलालाई ३२ करोड ३४ लाख ८५ हजार २५ रुपैयाँ, एकल महिलालाई ११ लाख १६ हजार ६११ रुपैयाँ तथा दलित, अपाङ्गता भएका व्यक्ति लगायतलाई ९० लाख २३ हजार १८ रुपैयाँ राजस्व छुट दिइएको थियो।

घरजग्गा कारोबारमा प्रविधिको प्रयोग बढ्दो

घरजग्गा कारोबारलाई सहज र व्यवस्थित बनाउन सरकारले भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) तथा भू–सेवा केन्द्रको प्रयोग विस्तार गर्दै आएको छ।

एलआरआईएमएस केन्द्रीकृत प्रणाली हो। यो प्रणाली २०७८ असार मसान्तदेखि १२६ वटा मालपोत कार्यालयमा सञ्चालनमा आइसकेको छ।

मालपोत कार्यालयबाहिरबाट सेवा लिन सकिने भू–सेवा केन्द्रमा हाल १ हजार ६७१ वटा आईडी छन्।

बैंक तथा वित्तीय संस्थाका आईडीको संख्या यसअघि ५ हजार रहेकामा बढेर ११ हजार पुगेको छ। त्यस्तै स्थानीय तहका २८८, सहकारीका १८५ तथा कर्मचारी सञ्चय कोषका ४९ आईडी सञ्चालनमा छन्।

इजाजत प्राप्त घरजग्गा व्यवसायी कम्पनीको संख्या ११५ रहेको छ। उनीहरूसँग सम्बन्धित ५० आईडी सञ्चालनमा रहेको विभागले जनाएको छ।

त्यसैगरी एलआरआईएमएसमा १३९ आईडी छन्।

सेवाग्राहीले इन्टरनेटमार्फत जग्गा कारोबारका लागि अनलाइनबाटै निवेदन दिन मिल्ने गरी विकास गरिएको **पब्लिक एक्सेस मोड्युल (पीएएम)**मा ११९ आईडी सञ्चालनमा छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.