घरजग्गा कारोबारको राजस्व घट्यो
काठमाण्डौ । देशभरका मालपोत कार्यालयहरूले गत माघ महिनामा रु. ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन्। अघिल्लो महिना पुसमा रु ५ अर्ब १७ करोड ३२ लाख उठेको तुलनामा माघमा राजस्व संकलनमा सामान्य गिरावट देखिएको हो। लिखत पारितको संख्या भने बढेको तथ्यले घरजग्गा कारोबारको संरचना र मूल्यगत प्रवृत्तिमा परिवर्तन भएको संकेत गरेको छ।भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ...

