बिहीबार, श्रावण २१,२०८३ 05:50:13
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 05:50:13
Bizshala
Global IME Bank Limited

घरजग्गा व्यवसायमा नयाँ व्यवस्था, ३ करोडभन्दा बढीको कारोबार गर्न अब लाइसेन्स लिनुपर्ने

घरजग्गा व्यवसायमा नयाँ व्यवस्था, ३ करोडभन्दा बढीको कारोबार गर्न अब लाइसेन्स लिनुपर्ने
New Office

काठमाण्डौ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई अनिवार्य रूपमा इजाजतपत्र लिन आग्रह गरेको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै एक पटकमा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले इजाजतपत्र लिनुपर्ने व्यवस्था लागू गरिएको जनाएको हो। नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार यस्तो कारोबारका लागि इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणालीमार्फत २१ दिनभित्र आवेदन दिनुपर्नेछ।

विभागका अनुसार इजाजतपत्र लिन कारोबारको सीमाअनुसार दस्तुर निर्धारण गरिएको छ। एक पटकमा ५ करोड रुपैयाँसम्मको घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले ५ लाख रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ भने ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने संस्थाले १० लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

यसअघि विभागको सूचनाअनुसार अनलाइन आवेदन दिएका तर २०८३ असार मसान्तसम्म इजाजतपत्र प्राप्त गर्न नसकेका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ व्यवस्थाअनुसार पुनः आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ।

विभागले अनलाइन आवेदन पेश गरेपछि आवश्यक कागजातहरूको एक–एक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्ने जनाएको छ। साथै, आवेदन दर्ता भएपछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यहरूले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको विवरणका आधारमा कुनै आपराधिक गतिविधिमा संलग्न नरहेको प्रमाणित पत्रसमेत पेश गर्नुपर्नेछ।

विभागले घरजग्गा कारोबारसम्बन्धी इजाजतपत्र प्रक्रियाबारे थप जानकारी आवश्यक परे विभागमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

नयाँ व्यवस्थाले ठूलो रकमको घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र नियमन गर्न सहयोग पुग्ने विभागको अपेक्षा छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.