बिहीबार, बैशाख ३१,२०८३ 09:43:47
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:43:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

घरजग्गा व्यवसायीलाई खुकुलो नीति, हदबन्दी जग्गामा घर वा अपार्टमेन्ट बनाएर बेच्न पाउने

Laxmi Sunrise Bank Limited
घरजग्गा व्यवसायीलाई खुकुलो नीति, हदबन्दी जग्गामा घर वा अपार्टमेन्ट बनाएर बेच्न पाउने
Shivam Cement

काठमाण्डौ । घरजग्गा व्यवसायीहरुले अब हदबन्दी छुटको जग्गामा पनि घडेरी बनाउन वा त्यस्ता घडेरीमा घर वा आवास इकाई (अपार्टमेन्ट)निर्माण गरेर बिक्री गर्न पाउने भएका छन् ।  

भूमि सम्बन्धी ऐनमा संशोधन गरी हदबन्दी छुटको जग्गामा घडेरी तथा आवास इकाइ निर्माण गरेर बिक्री गर्न पाउने प्रावधान राख्ने विषयमा प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सहमत भएको छ ।  

भूमिसम्बन्धि केही नेपाल ऐन संशोधन विधेयकमार्फत यस्तो व्यवस्था गर्न लागिएको हो । यो विधेयक आज संसदीय समितिबाट पारित गर्ने तयारी रहेको छ ।  

Bizshala
New Office
CG Motors

प्रस्तावित विधेयकको दफा ९१० मा घर जग्गा व्यवसायको जग्गा बिक्रीसम्बन्धी व्यवस्था छ ।

उपदफा १ मा भनिएको छ, ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १२ को खण्ड ९ङ१० बमोजिम घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनबमोजिम जग्गा विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ ९अपार्टमेन्ट० निर्माण गरी बिक्री गर्न सक्नेछ ।’

उपदफा २ अनुसार त्यस्तो कम्पनीले घर वा आवास इकाइ ९अपार्टमेन्ट० बिक्री गर्दा त्यस्तो घर वा आवास इकाइ ९अपार्टमेन्ट० खरिद गर्ने व्यक्तिहरूको सामूहिक उपयोगमा रहने गरी राखिएको जग्गालाई खरिदकर्ताको सामूहिक स्वामित्व कायम हुने गरी दाखिल खारेज गर्नु पर्ने हुन्छ । प्रस्तावित यि विषयमा संसदीय समिति सहमत भएको छ ।

तर, यसमा केही सर्त लागू हुनेछन् । घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले घर जग्गा बिक्री गर्दा स्थानीय भूउपयोग परिषद्बाट भूउपयोग क्षेत्र वर्गीकरण हुँदा आवासीय क्षेत्र वा व्यावसायिक क्षेत्रमा वर्गीकरण भएकोमा त्यस्तो जग्गामा प्रचलित कानून बमोजिम नेपाल सरकारको सूचित आदेशद्वारा तोकिदिएको हदसम्मको जग्गा घडेरी विकास नगरी  ससीम वा कित्ताकाट गरी बिक्री गर्न पाइने छैन ।

तर स्थानीय भू–उपयोग परिषद्बाट भूउपयोग क्षेत्र वर्गीकरण हुनु अगावै अनुमति लिई खरिद गरेको जग्गा आवासीय क्षेत्र वा व्यावसायिक क्षेत्र बाहेकको क्षेत्रमा वर्गीकरण भएको रहेछ भने त्यस्तो जग्गा मन्त्रालयको स्वीकृति लिई ससीम वा कित्ताकाट गरी बिक्री गर्न बाधा पर्ने छैन ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.