बुधबार, श्रावण २०,२०८३ 06:54:27
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 06:54:27
Bizshala
Global IME Bank Limited

जग्गा हदबन्दीका कारण घरजग्गा व्यवसाय संकटमा, खरिदबिक्रीमा सहजीकरण गर्न माग

जग्गा हदबन्दीका कारण घरजग्गा व्यवसाय संकटमा, खरिदबिक्रीमा सहजीकरण गर्न माग
New Office

काठमाण्डौ । नेपालको आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको व्यवस्थित घरजग्गा व्यवसाय (रियल इस्टेट) अहिले नीतिगत जटिलताका कारण सङ्कटमा परेको व्यवसायीले बताएका छन् ।

विगत ३० वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यस क्षेत्रले देशको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै हजारौँलाई रोजगारी दिँदै आएको छ ।  तर, विस २०७६ सालदेखि लागू भएको जग्गा हदबन्दी सम्बन्धी व्यवस्थाले व्यवसायीलाई ठूलो मर्कामा पारेको छ ।

सरकारले ल्याएको नयाँ नियम अनुसार कुनै पनि कम्पनीले ३० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने र सोभन्दा बढी जग्गा भएमा बिक्री वितरणमा रोक लगाइएको छ ।

घरजग्गा व्यवसायीका अनुसार उनीहरूको काम नै जग्गा किनेर, त्यसलाई विकास गरी घर वा अपार्टमेन्ट बनाएर बिक्री गर्नु हो । जग्गा उनीहरूको लागि ‘स्टक’ जस्तै भएको र यसमा हदबन्दी लगाउँदा व्यापारिक चक्र नै रोकिएको व्यवसायीको गुनासो छ ।

व्यवसायीहरूका अनुसार घरजग्गा व्यवसाय रोकिँदा यससँग जोडिएका अन्य सयौँ उद्योगहरू पनि प्रभावित भएका छन् । विशेषगरी डण्डी र सिमेन्ट उद्योगको खपत घटेको छ भने अदक्ष कामदारदेखि इन्जिनियरसम्मको रोजगारीमा प्रत्यक्ष असर परेको छ ।

यसका साथै, बैँक तथा वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गामा लगानी गरेका व्यवसायीले जग्गा बिक्री गर्न नपाउँदा बैँकको ब्याज मात्र तिरिरहनुपर्ने बाध्यता सिर्जना भएको छ । किनको जग्गापनि पास नहुने अवस्था सिर्जना भएको व्यवसायी बताउँछन् । यसले समग्र वित्तीय क्षेत्रलाई समेत जोखिममा पारेको देखिन्छ ।

घर वा अपार्टमेन्ट किनेका हजारौँ सर्वसाधारणले पनि पूर्ण भुक्तानी गरिसक्दा समेत जग्गाको स्वामित्व (पास) आफ्नो नाममा ल्याउन पाएका छैनन् । यसले गर्दा आम जनतामा मानसिक तनाव र आर्थिक असुरक्षा बढेको व्यवसायीको भनाई छ ।

आगामी बजेटमार्फत सरकारले यस समस्यालाई सकारात्मक रूपमा समाधान गर्ने व्यवसायीको ठूलो अपेक्षा छ । शहरीकरणलाई व्यवस्थित बनाउन र ठूला शहरको विकासका लागि ३० रोपनीको हदबन्दी व्यावहारिक नभएको भन्दै यसलाई खुकुलो पार्न र व्यावसायिक प्रयोजनका लागि जग्गा खरिदबिक्रीमा सहजीकरण गर्न उनीहरूले सरकारसँग माग गरेका छन् ।

यदि यो नीतिगत गाँठो फुकाउने हो भने बैँक तथा वित्तिय संस्थाको कर्जा असुली हुने, नयाँ आयोजनाहरू सुरु हुने र देशको अर्थतन्त्र फेरि चलायमान हुने व्यवसायीहरूको विश्वास छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.