बुधबार, श्रावण २०,२०८३ 06:54:27
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 06:54:27
Bizshala
Global IME Bank Limited

८२% ले बढ्यो घरजग्गा कारोबार, सरकारलाई पौने ५ अर्ब राजश्व

८२% ले बढ्यो घरजग्गा कारोबार, सरकारलाई पौने ५ अर्ब राजश्व
New Office

काठमाण्डौ । केही समयअघि सुस्ताएको घरजग्गा कारोबार फेरी चलायमान हुन थालेको छ । चालु आवको मंसिर महिनामा ५१ हजार भन्दा बढी घरजग्गा कारोबार भएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार मंसिर महिनामा मात्रै ५१ हजार ५ सय संख्यामा घरजग्गा कारोबार भएको छ । जुन अघिल्लो महिना अर्थात् कात्तिक महिनाको तुलनामा ८२ प्रतिशत बढी हो । कात्तिक महिनामा २८ हजार तीन सय संख्यामा घरजग्गा किनबेच भएको थियो ।

कारोबार बढेसँगै राजस्व पनि बढेको छ । मंसिरमा ५१ हजार ६ सय संख्यामा घरजग्गा कारोबार हुँदा सरकारलाई ४ अर्ब ८४ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ । कात्तिकमा दुई अर्ब ७४ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.