शुक्रबार, आश्विन ९,२०८३ 01:35:00
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 01:35:00
Bizshala
Global IME Bank Limited

अविरल वर्षाका कारण काठमाण्डौको फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर ननिकाल्न महानगरको आग्रह

Bizshala
अविरल वर्षाका कारण काठमाण्डौको फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर ननिकाल्न महानगरको आग्रह
New Office

काठमाण्डौ । अविरल वर्षाका कारण फोहोर विसर्जन गर्ने ल्यान्डफिल साइटमा समस्या उत्पन्न भएपछि काठमाडौं महानगरपालिकाले केही समयका लागि फोहोर सङ्कलन तथा ढुवानी प्रभावित हुने जनाएको छ। महानगरले नगरवासीलाई तत्काल फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै निरन्तर वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरो गएको र त्यसको प्रत्यक्ष असर फोहोर विसर्जनस्थलमा समेत परेको जनाएको हो।

महानगरका अनुसार ल्यान्डफिल साइटमा पहिरो जानुका साथै माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेकाले फोहोर बोकेका सवारीसाधनलाई साइटसम्म पुग्न तथा त्यहाँ फोहोर विसर्जन गर्न कठिनाइ भएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राकृतिक तथा प्राविधिक समस्याका कारण नियमित फोहोर सङ्कलन र ढुवानी प्रक्रिया प्रभावित भएको महानगरले जनाएको छ।

महानगरले फोहोर सङ्कलन नियमित नभएसम्म घर, पसल, व्यवसाय वा कम्पाउन्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, खुला स्थान तथा खोलानालामा नफाल्न आग्रह गरेको छ। सम्भव भएसम्म फोहोर आफ्नै घर वा परिसरभित्र सुरक्षित रूपमा भण्डारण गर्नसमेत अनुरोध गरिएको छ।

त्यसैगरी, फोहोर व्यवस्थापनलाई सहज बनाउन सड्ने र नसड्ने फोहोर छुट्टाछुट्टै राख्न महानगरले आग्रह गरेको छ।

सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षातका बेला पानी निकास हुने ढल तथा नाला थुनिन सक्ने र त्यसबाट बाढी तथा डुबानको जोखिम थप बढ्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले अनुरोध गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.