काठमाण्डौ । आज पनि बजार झिनो अंकले घट्यो । तर अघिल्लो दिनको तुलनामा आज कारोबार भने झण्डै डेढ अर्बले बढेको छ । आजको कारोबार अन्य दिनको तुलनामा औषत भन्दा बढी नै छ ।
बजारलाई मुभिङ एभरेज तथा विभिन्न इन्डिकेटरबाट नियाल्दा हाल बजारले अप ट्रेन्डको लागि एउटा कडा संघर्ष गरेको देखिन्छ । ५० दिने मुभिङ एभरेजबाट नियाल्दा पछिल्लो पाँच कारोबार दिनमा माथिको विन्दु अर्थात २६६१ लाई ब्रेक आउट गर्न सकेको छैन ।
अर्थात यो विन्दुमा प्रतिरोध सामाना गरेको देखिन्छ । बजारले २६५० को विन्दुलाई तल ब्रेक पनि गर्न सकेको अबस्था छैन । बोलिङगर ब्याण्डबाट नियाल्दा अपर ब्याण्ड र लोवर ब्याण्ड केही खुम्चिँदै गएको छ । यसले बजारले कुनै पनि दिशामा छिट्टै ब्रेक गर्न सक्ने बुझिन्छ । आरएसआई तथा मनी फ्लो इन्डेक्सबाट नियाल्दा भने हाल न्यूट्रल जोनमा चलेको देखिन्छ ।
दिनभरको कारोबारमा पहिलो प्रहरमा बजार बढ्ने र अन्तिम प्रहरमा केही स्क्रिप्ट बाहेक अन्यमा बिक्री दबाब आउने गरेको छ । यदि आगामी कारोबारहरुमा पनि बजारले लामो समय माथिको प्रतिरोध ब्रेक गर्न नसकेमा तलको सपोर्टमा दबाब सिर्जना हुन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागी सिफारिस भने होइन ।