आईतवार, असार १४,२०८३ 08:02:16
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:02:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्रिन डेभलपमेन्ट बैंकद्वारा दुई आवको साधारण सभा आह्वान,लाभांश पारित गर्ने मुख्य अजेण्डा

Laxmi Sunrise Bank Limited
ग्रिन डेभलपमेन्ट बैंकद्वारा दुई आवको साधारण सभा आह्वान,लाभांश पारित गर्ने मुख्य अजेण्डा

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको छ । बैंकको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले दशौं र एघारौं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी चैत २७ गते कास्की पोखरामा रहेको मेजेष्टिक लेक फ्रन्ठ होटल एण्ड सुईटमा आयोजना हुनेछ । उक्त सभामा आव २०७८/७९ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५१ करोड ९० लाख रुपैयाँ ३.८ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै सभामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै दुई आवको वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरिनेछ । सभामा सर्वसाधारण सेयरधनीकातर्फबाट २ जना र संस्थापक सेयरधनीका तर्फबाट ३ जनाको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्तलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

यसैगरी सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्तिका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले आगामी चैत ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत ८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सभामा सहभागी हुन सक्नेछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.