काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्सेमा करिब २५ अंकको गिरावट आयो । बजार घट्दा आज अघिल्लो दिनको तुलनामा २ अर्ब बढीको कारोबार बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज मध्य ब्याण्डबाट तल खसेको छ ।
अर्थात २० दिने मुभिङ एभरेजबाट तल खसेको देखिन्छ । यो सँगै आज बियरिस प्रकृतिको क्याण्डल पनि बनेको छ । यसले सम्भावित रुपमा बजारमा बिक्री दबाब पर्न सक्ने बुझिन्छ । म्याक्डीमा बियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम पनि नेगेटिभ र लामा हुँदै गएका छन् ।
आरएसआई ४१ को तहमा चलेको छ । पिभट् मार्फत नियाल्दा आगामी दिनमा घटेमा बजार क्रमश ः २६२५,२५९६ र २५६५ विन्दुमा सपोर्ट लिन सक्छ भने त्यसैगरि बढेमा भने २६५६,२६८५ र २७४५ विन्दुमा प्रतिरोधको सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।