सोमबार, भाद्र १,२०८३ 01:42:26
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 01:42:26
Bizshala
Global IME Bank Limited

नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष सिहंद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

Prabhu Bank Limited
नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष सिहंद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष पेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । सिंहलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एक कार्यक्रमका बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को ब्यवस्था अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

कम्पनीको जेठ ५ गते भएको ३७ औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको पूर्नगठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिवाट पुनःनिर्वाचित भएकी हुन् ।  

CG Motors

नेपाल बीमा प्राधिकरणका अध्यक्षले कम्पनीको पुर्ननिर्वाचित अध्यक्ष सिंहलाई सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे । सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र सञ्चालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरिन् । उक्त समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.