आईतवार, असार १४,२०८३ 03:07:32
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:07:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकामाथि मडारिँदै आर्थिक मन्दीको बादल, आर्थिक सूचकांकले दियो खतरनाक संकेत

Laxmi Sunrise Bank Limited
अमेरिकामाथि मडारिँदै आर्थिक मन्दीको बादल, आर्थिक सूचकांकले दियो खतरनाक संकेत

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकामा अझैपनि आर्थिक मन्दीको खतरा टरेको छैन । अमेरिकाका ठूला आर्थिक सूचकांकहरुले अझैपनि मन्दीको संकेत दिईरहेका छन् ।  

लिडिङ इकोनोमिक इन्डेक्स(एलआईई)मा मे महिनामा लगातार छैठौ महिना गिरावट आएको छ । यसमा पछिल्लो ३९ महिनामा ३७ पटकसम्म गिरावट आईसकेको छ । जुन अमेरिकी इतिहासकै सबैभन्दा लामो अवधिको गिरावट हो । पछिल्लो ६ महिनामा ५ प्रतिशतको वार्षिक गिरावट आएको छ । जसले आर्थिक मन्दीको सम्भावनालाई संकेत गरेको जनाइएको छ ।  

New Office
CG Motors
Garima Development Bank

एलआईई आफ्नो उच्चतम स्तरबाट १६ प्रतिशतले घटिसकेको छ र यो ९ वर्षमा आफ्नो न्यूनतम स्तरमा पुगेको छ । इतिहास पल्टाएर हेर्ने हो भने सन् १०६० पश्चात प्रत्येकपटक मन्दीभन्दा अघि एलआईईमा लामो समयसम्म गिरावट आएको छ । त्यसैले योपटक पनि अमेरिकाको अर्थतन्त्र मन्दीतर्फ जानसक्ने आँकलन गरिएको छ । यदि अमेरिकाको अर्थतन्त्र मन्दीमा फस्यो भने यसको प्रभाव सम्पूर्ण विश्वमा पर्नेछ । प्राविधिक रुपमा लगातार दुई त्रैमासमा कुनैपनि देशको जीडीपीमा गिरावट आउछ भने त्यसलाई मन्दीमा गएको मानिन्छ ।  

यसैबीच अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले हाललाई ब्याजदरमा कटौती हुने कुनै समभावना नभएको बताएका छन् । उनले नीति परिवर्तनको समय चलिरहेकाले यसको प्रभावबारे अहिलेनै केही भन्न नसकिने बताए । उनले यतिबेला ट्रम्पको ट्यारिफ नीतिको प्रभावको पर्खाईमा रहेको बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.