सोमबार, असार १६,२०८२ 12:51:47
  • सोमबार, असार १६,२०८२ 12:51:47
Global IME Bank Limited

टुनल्यान्ड जी७ बन्यो २३ दिनमै ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

Hyundai Nepal
टुनल्यान्ड जी७ बन्यो २३ दिनमै ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप
Nabil Bank Limited

काठमाण्डौ । नेपालका अग्ला र दुर्गम ठाउँहरूमा पुग्न सक्षम बनाइएको टुनल्यान्ड जी७ केवल एउटा पिकअप मात्र नभई अत्यन्त सक्षम अफ–रोडर पनि हो। यसले २३ दिनको अवधिमा नेपालका सबैभन्दा अग्ला र चुनौतीपूर्ण ८ स्थानहरूको यात्रा सफलतापुर्वक सम्पन्न गरी यस्तो साहसिक अभियान पूरा गर्ने विश्वकै पहिलो पिकअप बन्न सफल भएको छ। यो केवल परीक्षण मात्र नभई कठिन भौगोलिक अवस्थामा असली क्षमता, विश्वसनीयता र इनोभेसन प्रदर्शन गर्ने एक ऐतिहासिक चुनौती पनि थियो।

टुनल्यान्ड जी७ ले आफ्नो यात्रा दार्चुलाको हिकिला (२,३०० मिटर) बाट यात्रा सुरु गरेर नेपालको सीमा कोरला (४,६६ मिटर) सम्म पुग्यो। यस ऐतिहासिक यात्रामा टुनल्यान्ड जी७ ले फलामे (२,४५० मि), खाङ्सार (३,७०० मि), सन्दकपुर (३,६३६ मि), ढोरपाटन (३,००० मि), गुफापोखरी (२,८९० मि) हुँदै जुम्ला (२,५१५ मि) सम्मका कठिन र दुर्गम गन्तव्यहरू सफलतापूर्वक पार गर्यो। यी सबै स्थानहरू अग्ला मात्र नभई, अप्ठ्यारा ट्र्याकहरू, ठाडा उकालो र असमान भूभागका लागि पनि परिचित छन्। तर टुनल्यान्ड जी७ ले सबै चुनौती सहज रूपमा पार गर्दै आफैंलाई केवल हाइवेका लागि मात्र नभई हिमाली भूभागका लागि पनि निर्माण गरिएको हो भन्ने प्रमाणित गरेको कम्पनीको भनाई छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

१६० हर्सपावर र ३९० एनएमटर्क क्षमता सहितको भएको टुनल्यान्ड जी७ ले अफ–रोड यात्रा क्रममा प्रभावशाली प्रदर्शन गर्यो। आर १८ टायरले हिलो र ढुंगामा उत्कृष्ट ग्रिप प्रदान गरे भने, २२५ मिमि ग्राउन्ड क्लियरेन्सले विभिन्न अवरोधहरू सहजै पार गर्न सक्षम बनायो। यसमा समावेश हिलहोल्ड र हिल डिसेन्ट कन्ट्रोल जस्ता एडभान्स्ड फिचरहरूले अत्यन्तै ठाडो उकालो र ओरालोहरूमा पनि गाडीलाई सजिलै नियन्त्रणमा राख्न मद्दत गर्यो। कठिन उकालो मार्गहरूमा समेत जी७ को यात्रा सहज, नियन्त्रणयोग्य र विश्वसनीय रहनुले यसको इन्जिनियरिङ क्षमताको प्रमाण दिन्छ।

बाहिरबाट शक्तिशाली देखिने टुनल्यान्ड जी७ भित्री डिजाइन र सुविधाका हिसाबले भने अत्यन्तै आरामदायक र प्रिमियम अनुभव प्रदान गर्छ। चुनौतीपूर्ण यात्राको दौरान, प्यानोरामिक सनरूफ, तातो–चिसो मिलाउन सकिने १२ मोडमा मिलाउन सकिने इलेक्ट्रिक सिट, १२.३ इन्च टच स्क्रिन, स्मार्ट पुश–स्टार्ट र अटो मेटिक एसी लगायतका प्रिमियम फिचरहरूको भरपुर उपयोग गर्दै यात्राको रोमाञ्चकता थप अनुभूत गरेका थिए। यस्ता सुविधाहरूले कठिन यात्रा सहज र स्मरणीय बनाए, जसले यात्रुहरूमा टुनल्यान्ड जी७ प्रतिको आत्मविश्वास र सन्तुष्टि झनै बढाएको कम्पनीको जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.