मंगलवार, असार १७,२०८२ 11:30:36
  • मंगलवार, असार १७,२०८२ 11:30:36
Global IME Bank Limited

‘सिटिजन्स सदाबहार योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

Hyundai Nepal
‘सिटिजन्स सदाबहार योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना ’ को इकाई खरिदको म्याद थप गरिएको छ । सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ५ करोड  इकाइको बिक्री आवेदन गत असार १३ गतेदेखि खुला गरिएको थियो ।  

यो योजनाको खरिदका लागि छिटोमा असार १७ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो । तर यसबीचमा मागबमोजिम आवेदन नपरेका कारण इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको हो । अब यो योजनाको इकाई खरिदका लागि असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । यसबीचमा मागभन्दा बढी आवेदन परेमा निर्धारिन समय अगावै निष्कासन तथा बिक्री बन्द गरिने योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटलले जनाएको छ ।    

CG Motors
Muktinath Bikas Bank Limited

प्रति इकाइ मुल्य रु.१० दरको ५ बीजपूँजी बापत न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्धक सिटिजन्स बैंक इन्टरनेशनललाई सुरक्षित राखी बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ ।  

यसपश्चात योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरिदबिक्रीको लागि खुला गरिनेछ । यो योजना खुलामुखी योजना भएकाले निरन्तर चलिरहनेछ । पहिलो चरणको निष्कासन तथा बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनापश्चात योजनाको इकाई निरन्तर निष्कासन तथा बिक्रीका लागि खुला रहनेछ ।  

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ५० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.