‘सिटिजन्स सदाबहार योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना ’ को इकाई खरिदको म्याद थप गरिएको छ । सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ५ करोड इकाइको बिक्री आवेदन गत असार १३ गतेदेखि खुला गरिएको थियो । यो योजनाको खरिदका लागि छिटोमा असार १७ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो ।...