बुधबार, श्रावण ६,२०८३ 08:24:21
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 08:24:21
Bizshala
Global IME Bank Limited

बीमा कम्पनीविरुद्ध प्राधिकरणको एक्सन, रु.२० लाखसम्म जरिवाना भराउने चेतावनी

बीमा कम्पनीविरुद्ध प्राधिकरणको एक्सन, रु.२० लाखसम्म जरिवाना भराउने चेतावनी
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले विभिन्न निर्देशन, मापदण्ड पालना नगरेको तथा गलत तथ्याङ्क पेश गरेको भन्दै बीमकहरुलाई चेतावनी दिएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गर्दै बीमालेखका शर्त बमोजिम दायित्व निर्धारणमा बेमनासिव ढिलाई गरेका बीमकहरुलाई चेतावनीसहित सचेत गराएको छ ।  

साथै बीमितलाई मर्का पर्ने किसिमले दायित्व निर्धारण गरेको, क्षति मूल्याङ्कनका लागि समयमै सर्भेयर नखटाएको, तथा खटिएका बीमा सर्भेयरले क्षतिको मूल्यांकन प्रतिवेदन समयमा नबुझाएको, अनावश्यक कागजात माग गरी हैरानी दिएको भन्ने समेतका गुनासाहरु पाएको आधारमा प्राधिकरणले चेतावनी दिएको हो ।  

प्राधिकरणले प्राप्त जानकारी, विवरण वा निरीक्षण प्रतिवेदनबाट त्यस्तो कार्य भए गरेको पाईएमा सम्बन्धित बीमा कम्पनीलाई बीमा ऐन २०७९ को दफा १३८ को उपदफा (३) बमोजिम कारबाही र जरिवाना तिराउने जनाएको छ ।  

प्राधिकरणका अनुसार बीमा ऐनको दफा बमोजिम त्यस्तो कार्य गरिएको पाइएमा बीमा कम्पनीलाई २ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म जरिवाना तिराउने र सर्भेयरलाई सोही उपदफा ९९० बमोजिम २ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।  

पछिल्ले समय बीमकहरुले विभिन्न कार्यमा ढिलाई गरेको गुनासा बढ्दै गएपछि प्राधिकरणले यस्तो कदम चालेको जनाएको छ । बीमा ऐन बमोजिमको कारबाहीबाट बच्न कानूनी व्यवस्था प्रति सचेत रही कार्य गर्न प्राधिकरणले सबै बीमा कम्पनीलाई ध्यानाकर्षण गराएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.