मंगलवार, श्रावण ५,२०८३ 12:20:42
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 12:20:42
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकको १३३ औँ शाखा बर्दिबासमा विस्तार

एभरेष्ट बैंकको १३३ औँ शाखा बर्दिबासमा विस्तार
New Office

काठमाण्डौ । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गत बर्दिबास नगरपालिका–१ मा आफ्नो १३३ औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ ।  

यस शाखाको उद्घाटनसँगै महोत्तरीबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।

बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा बर्दिबास नगरपालिका–१ का वडा अध्यक्ष भोला खड्का ,बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्का,बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख पुष्प राज उप्रेती, बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।

बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवापुग्ने विश्वास बैंकले लिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.