काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेप्से झिनो अंकले बढेको छ । आज बजार बढ्दा कारोबार राम्रै देखिन्छ । प्राविधिक रुपमा आजको बजाराई क्याण्डल स्टिकबाट नियाल्दा भने सप्लाई जोनमा‘डोजी स्टार’ बनेको देखिन्छ ।
यो क्याण्डल आफैमा अनिर्णयको क्याण्डल हो । जुन भ्यालिड र इन्भ्यालिड दुबै हुनसक्छ । आगामी कारोबारमा यदि बजार २७४० विन्दु भन्दा माथि लागेको खण्डमा यो क्याण्डल इन्भ्यालिड पनि हुन सक्छ ।
तर बजार २७ सय विन्दु भन्दा तल लागेमा भ्यालिड हुनसक्छ । यद्यपी सप्लाइ जोनमा यो क्याण्डल बनेको कारण बजारमा केही बिक्री दबाब परेको पनि बुझन सकिन्छ । बजारलाई कारोबारबाट नियाल्दा भने २० दिनको औषत कारोबार भन्दा माथी नै देखिन्छ । यस हिसाबले कारोबारबाट नियाल्दा हालको बजार मजबुत नै रहेको छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।