Bizshala
  • मंगलवार, असार २३,२०८३ 04:40:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेतान्याहुलाई ठूलो झटका, प्रमुख सहयोगीहरूले समर्थन फिर्ता लिएसँगै गुमाए बहुमत

Laxmi Sunrise Bank Limited
नेतान्याहुलाई ठूलो झटका, प्रमुख सहयोगीहरूले समर्थन फिर्ता लिएसँगै गुमाए बहुमत

काठमाण्डौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई घरेलु राजनीतिमा ठूलो धक्का लागेको छ । बुधबार उनको गठबन्धन सरकारको प्रमुख सहयोगीले समर्थन फिर्ता लिएको छ । जसका कारण नेतान्याहुको संसदमा बहुमत छैन ।

बहुमत गुमाउँदा नेतान्याहु सरकारका लागि संकट सिर्जना भएको छ । तर, फुटेको पार्टीका नेता शासले सरकार ढाल्नेतर्फ लाग्ने संकेत गरेका छैनन् । बेन्जामिन नेतान्याहुका प्रमुख गठबन्धन साझेदार शासले बुधबार भने कि उनी सरकारबाट अलग हुँदैछन्।  

New Office
CG Motors
Garima Development Bank

अल्ट्रा–कन्जरभेटिभ शास पार्टीले व्यापक सैन्य मस्यौदा छुटहरू प्रदान गर्न प्रस्तावित कानूनमा मतभेदको कारण सरकारबाट अलग भएको बताएको छ। साताको सुरुवातमा अर्को अल्ट्रा–अर्थोडक्स पार्टीले पनि यस मुद्दामा सरकारबाट समर्थन फिर्ता लिएको थियो । शासले गठबन्धनबाट बाहिरिए पनि सरकारलाई कमजोर बनाउने प्रयास नगर्ने र केही कानूनमा सरकारको समर्थनमा मतदान गर्न सक्ने बताएका छन् । यति हुँदाहुँदै पनि अल्पमतको सरकारको नेतृत्व नेतान्याहुका लागि चुनौती बन्न सक्छ।

इजरायलले इरान र गाजा लगायत धेरै मोर्चाहरूमा द्वन्द्वको सामना गरिरहेको बेला यसले नेतान्याहुलाई समस्या निम्त्याउन सक्ने देखिन्छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.