आईतवार, असार १४,२०८३ 03:05:48
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:05:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कोल्डप्लेको कन्सर्टमा भाइरल भएका अमेरिकी टेक कम्पनीका सीईओले दिए राजीनामा

Laxmi Sunrise Bank Limited
कोल्डप्लेको कन्सर्टमा भाइरल भएका अमेरिकी टेक कम्पनीका सीईओले दिए राजीनामा

काठमाण्डौ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि एक अमेरिकी टेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी बायर्नले आफ्नो पदबाट राजीनामा दिएका छन् । टेक कम्पनी एस्ट्रोनोमरले एक विज्ञप्ति जारी गर्दै एन्डी बायर्नले राजीनामा दिएको र बोर्ड अफ डाइरेक्टरले उक्त राजीनमालाई स्वीकार गरेको समेत जनाएको छ ।  

म्यासाचुसेट्सको जिलेट स्टेडियममा आयोजित कोल्डप्ले कन्सर्टको क्रममा स्टेडियमको ठूलो स्क्रिनमा एक महिला र एक पुरुष एकअर्काको काखमा समातिएका थिए। उनको अनुहारमा क्यामेरा जुम गर्ने बित्तिकै उनको तस्बिर हजारौं दर्शकहरूले देख्न सक्छन्। तर, दुवै जना एक्कासी टाउको निहुराएर क्यामेराबाट बच्न खोजेको पनि देखिन्छ ।

जब कोल्डप्ले गायक क्रिस मार्टिनले स्टेजबाट ठूलो पर्दामा यी दुईलाई देखे, उनले ठट्टा गर्दै उनीहरुबारे टिप्पणी गरेका थिए । यसपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी सुरु भएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

अमेरिकी मिडियाले पछि ती पुरुषहरूलाई एस्ट्रोनोमर कम्पनीका सीईओ बायर्न र चीफ पिपुल अफिसर क्रिस्टिन क्याबोटको रूपमा पहिचान गरे। गत शुक्रबार  कम्पनी एस्ट्रोनोमरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक विज्ञप्ति जारी गरी कम्पनीका सीईओ एन्डी बायर्नलाई बिदामा पठाइएको बताएको थियो।  

गत बुधबार राति भएको कन्सर्टको भिडियोमा उनीहरु दुवैजना पहिले संगीतमा नाच्दै, त्यसपछि एक्कासी क्यामेराबाट लुक्ने प्रयासमा देखिन्छन् । यो क्षण इन्टरनेटमा भाइरल भयो।

सोशल मिडिया प्लेटफर्म टिकटकमा पहिलो पटक पोस्ट गरिएको यो भिडियो लाखौं पटक हेरिएको थियो। यसपछि भिडियोलाई विभिन्न प्लेटफर्ममा सेयर गरियो, मिम्स बनाइयो र टिभी शोहरूमा यसको मजाक बनाइयो।

सामाजिक सञ्जालमा लगातार दुई दिनसम्म यसको चर्चा भएको थियो । यस पछि कम्पनीले एक आधिकारिक बयान जारी गरेको थियो। कम्पनीले उक्त भिडियोको प्रत्यक्ष उल्लेख नगरेपनि यस विषयमा अनुसन्धान थालिएको बताएको छ ।

यसैबीच, एस्ट्रोनोमरले कम्पनीका सह–संस्थापक र मुख्य उत्पादन अधिकारी पीट डेजोयलाई अन्तरिम सीईओ नियुक्त गरेको छ । धेरै रिपोर्टहरूले भिडियोमा देखिएका व्यक्ति एस्ट्रोनोमरका सीईओ एन्डी बायर्न भएको दाबी गरिएको छ । उनी सन् २०२३ जुलाईबाट कम्पनीमा कार्यरत छन् । यद्यपि, एन्डी बायर्न आफैले यस भिडियोमा आफ्नो पहिचान पुष्टि गरेका छैनन्।  

भिडियोमा देखिएकी महिलालाई अनलाइन प्रयोगकर्ताहरूले क्रिस्टिन क्याबोट भएको बताएका छन् । उनी कम्पनीको चिफ पिपुल अफिसर भएको बताइएको छ । उनी सन् २०२४ नोभेम्बरदेखि कम्पनीमा आवद्ध छिन् ।  उनले पनि हालसम्म भिडियोमा आफू भएको वा नभएको पष्टि गरेकी छैनन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.