काठमाण्डौ। कैलालीका मदन भट्ट नेपाली जीवन बीमा क्षेत्रमा बिरलै पाउने ऐतिहासिक सफलता हासिल गर्न सफल भएका छन् । नेपाल लाइफबाट जीवन बीमा व्यसवाय गर्दै आएका भट्ट लगातार चौथो पटक नेपाल टपर हुन सफल भएका हुन् ।
यो सहित उनले नेपाल लाइफबाट पाँचौं पटक नेपाल टप गर्न सफल भएका छन् । पहिलो पटक २०१२ मा नेपाल टप बनेका भट्ट पछिल्लो चार वर्षदेखि सर्वोत्कृष्ट बन्न सफल भएका हुन् ।
यस वर्षको जीवन बीमा व्यवसायमा अर्को ऐतिहासिक रेडर्क पनि आफ्नै नाममा कायम गर्न भट्ट सफल भएका छन् । नेपाल लाइफमा एकल कोडमा लगातार चार पटक नेपाल टप भएर ह्याट्रिक गरेका उनले यस वर्ष टिम तर्फको व्यवसायमा पनि सर्वोत्कृष्ट उपाधी हासिल गर्न सफल भएका छन् ।
यस आवमा उनले टिमतर्फ १० करोडभन्दा बढी बीमा व्यवसाय गरेर उनले उक्त रेडर्क राख्न सफल भएका हुन् । त्यसैगरी, व्यक्तिगत कोडमा पाँच करोडभन्दा बढि व्यवसाय गरेर चौथो पटक उत्कृष्ट बन्न सफल भएका हुन् ।
सुदूरपश्चिमको धनगढीमा रहेर बीमाको कारोबार गर्दै आएका भट्ट विगत करिब २० वर्षदेखि जीवन बीमा क्षेत्र सक्रिय रहँदै आएका छन् । एलआईसी नेपालबाट जीवन बीमा सुरुवात गरेका उनले सन् २००७ मा एलआईसी नेपालमा उत्कृष्ट बन्न सफल भएका छन् । पछि नेपाल लाइफमा गएका उनी सन् २०१२, २०२२, २०२३, २०२४ मा पनि नेपाल टपर बन्न सफल भएका थिए ।
मदन भट्टको जीवनमा कुनै कुराको कमि थिएन । अहिले पनि उनी धनगढी र सो क्षेत्रमा क्रन्जी चिकेनको चेन रेष्टुरेन्ट चलाउँदै आएका छन् । आर्थिक रुपमा आफै सफल उनले बीमामार्फत जनताको सेवा गर्ने भावनालाई मर्न नदिई जोखिम हस्तान्तरण कार्यमा निरन्तर सक्रिय भएर लागि रहेका छन् । बीमा अभिकर्ताहरुलाई सही रुपमा परिचालन गरेकै कारण उनले यस पटकको दोहोरो सर्वोत्कृष्टको उपाधी हासिल गर्न सफल भएका छन् ।
भट्टले आफ्नो व्यवसायीक रणनीति र संघर्षले लगातार चौथो पटन नेपाल टप बन्न सफल भएको बताए । उनले सम्पूर्ण बीमित, कम्पनी व्यवस्थापन तथा आम सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । नेपाली बीमा क्षेत्रमा मदन भट्ट एक चिरपरिचित नाम हो । उनले सुदूरपश्चिमको धनगढीमा आफ्नै करोडौं लगानीमा बीमा व्यवसाय समेत सञ्चालन गर्दैै आएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स सुदूरपश्चिम प्रदेश प्रमुख दिपक भट्टले सुदूरपश्चिम जस्तो विकट मानिएको प्रदेशबाट नेपालकै अग्रणी जीवन बीमा कम्पनीमा लगातार चौथो पटक सर्वोत्कृष्ट बन्नु आफैमा एक महत्वपूर्ण उपलब्धी भएको बताए । उनले नेपाली बीमा क्षेत्रमा आउने चाहाने र आएका अभिकर्ताको लागी मदन भट्ट प्रेरणाका स्रोत बन्न सफल भएको बताए ।