आईतवार, श्रावण ४,२०८२ 10:09:57
  • आईतवार, श्रावण ४,२०८२ 10:09:57
Global IME Bank Limited

सेयरबजार ‘अलटाइम हाई’ पुग्नेमा ग्राउण्ड जिरोका लगानीकर्ता ढुक्क, भन्छन् ‘अब चिज केक काटिन्छ’

Hyundai Nepal
सेयरबजार ‘अलटाइम हाई’ पुग्नेमा ग्राउण्ड जिरोका लगानीकर्ता ढुक्क, भन्छन् ‘अब चिज केक काटिन्छ’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी राजधानीका विभिन्न ब्रोकर हाउसहरुमा पुगेर बजारको अवस्था र लगानीकर्ताहरुको मनोभावनालाई बु्झ्ने प्रयास गरेका छौं ।  

आज हामी सबै भन्दा पहिले बिहान ११ बज्दा नबज्दै राजधानीको ठूलो र धेरै लगानीकर्ताको भीडभाड हुने ब्रोकर नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुगेका थियौं । हामी यस ब्रोकरमा पुग्दा लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । केही लगानीकर्ता आउने क्रम जारी थियो भने केही पहिल्यै आएर बजार नियाल्न व्यस्त देखिन्थे । यतिकैमा एक लगानीकर्ताले समाचार हेर्दै भने ‘लौ साथीहरु पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जरसम्बन्धी सम्झौता भयो रे । पोखरा फाइनान्सको सेयर बढेको छ । समृद्धिको त घट्यो । म सँग त समृद्धि फाइनान्सको एक हजार कित्ता थियो ।’

उनले टाउकोमा हात लाउदै भने, ‘कुहिएको आलुले राम्रोलाई बिगार्छ भनेको यहि हो । मैले समृद्धि फाइनान्स ५३० मा किनेको बबार्द भयो ।’ उनीसँगै बसेका एक लगानीकर्ताले भने ‘उल्टो भएछ नि ! तपाईले पोखरा फाइनान्सको सेयर किन्नु पर्ने, समृद्धिको किन्नु भएछ ।’  

Muktinath Bikas Bank Limited

पछिल्लो समय बजारमा सकारात्मक माहोल बनेसँगै ब्रोकरहाउसहरुमा थामी नसक्नु भीड लागेको देखिन्थ्यो ।  

कारोबारको पहिलो प्रहरमा बजार सामान्य अंकले घटेको थियो । यतिकैमा एक लगानीकर्ता ‘नमस्कार है !’ भन्दै ब्रोकरहाउसमा छिरे । उनले बजार घटेकोप्रति इंगित गर्दै भने, ‘होइन बजारको यो घटाई करेक्सन मात्रै हो कि झरेक्सन हो ?’  

उनीसँगै बसेका एक लगानीकर्ताले भने, ‘इन्ट्रा डे करेक्सन होला ।’ ती लगानीकर्ताले थप्दै भने, ‘कारोबार राम्रो भएको छ आज बेच्नेले पछुताउनु पर्न पनि सक्छ है ! साथीहरु । आज र भोलीको बिक्री दबाब पचायो भने बजारले राम्रै गति लिन्छ । भोली गत बिहिबारको कारोबारको १६ अर्बको बिक्री दबाब आउन पनि सक्छ ।’

ब्रोकर हाउसमा यस्तै गलफति चल्दै थिए । आज कारोबारको पहिलो प्रहरमा ६ अर्ब बढीको कारोबार भएको थियो भने ब्रोकर हाउसमा लगानीकर्ता खचाखच देखिन्थे ।  

केही समयको बसाई पछि हामी राजधानीकै अर्को ठूलो ब्रोकर क्यापिटल म्याक्स सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ६२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै देखिन्यो । अघिपछि सुनसान हुने यी ब्रोकरमा आज उभिनेसम्मको ठाँउ थिएन ।

मध्यान्हको एक बज्दै थियो । बजार ५२ अंकले बढेको थियो । भित्ताको डिस्प्ले हेर्दै एक लगानीकर्ताले भने ‘यहि तरिकाले बढ्ने हो भने त बजारले अब केही दिनमा ३२ सयको विन्दु ब्रेक गरेर माथि लाग्छ । अब ३ सय अंक भनेको त ठूलो अंक होइन । उनी सँगै बसेकी एक महिला लगानीकर्ताले थप्दै भनिन् ‘यसपटक पक्कै पनि केक काटिएला जस्तो छ । अबको केक त ‘ चिज केक’ नै हुन्छ होला ।’ उनको कुरा सुनेपछि ब्रोकरहाउमा केही समय हासोको फोहोरा छुट्यो ।

आज मध्यान्हमा बजार एकनासले बढेको थियो । केही लगानीकर्ताहरुले आज किन्नेले पनि १५ प्रतिशत नाफा ढ्ुक्कले बुक गर्न सक्ने बताउँदै थिए । केहीेले भने एक दुई दिनमा करेक्सन हुने भन्दै खासखुस गरेको पनि सुनियो ।  

हाम्रो अर्को गन्तब्य श्री कृष्ण सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर २८) थियो । यहाँ पनि लगानीकर्ताहो उपस्थिति राम्रै थियो । यस ब्रोकरमा भेटिएका लगानीकर्ताको मुहारमा बजार बढ्दा उत्साह र घट्दा निराशाको भाव झल्किन्थ्यो । आज २ बजेपछि बजारमा बिस्तारै बिक्री दबाब देखिन्थ्यो भने लगानीकर्ता पनि बजार घट्न थाले पछि केही शान्त देखिन्थे ।  

यतिकैमा एक लगानीकर्ताले एसपीडीएल र एनजीपीएल कम्पनीको सेयर बेच्न ब्रोकरलाई आदेश दिए । ब्रोकरले उनको आदेश अनुसार अर्डर राखे । आज दिनभर बढेको बजार अन्त्यमा बिक्री दबाब आउदा झिनो अंकले मात्रै बढ्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.