शनिबार, श्रावण २,२०८३ 04:01:41
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:01:41
Bizshala
Global IME Bank Limited

फर्स्ट माइक्रो फाइनान्सको सेयरभाउ ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

फर्स्ट माइक्रो फाइनान्सको सेयरभाउ ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
New Office

काठमाण्डौ । नेपालका ४ वटा थोक लघुवित्त संस्थामध्ये फस्र्ट माइक्रोफाइनान्स पनि एउटा हो । यो संस्था विसं २०६६ साल पुस २४ गते काठमाण्डौलाई आधार बनाएर स्थापना भएको थियो । यो संस्थाले न्यून आम्दानी भएका विभिन्न वर्गलाई अवसर र स्रोत प्रदान गर्ने गर्छ ।  

आधारभूत पक्षः  

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी १ करोड ३४ लाख रहेको छ भने जगेडा कोषमा ३५ करोड २ लाख रुपैयाँ सञ्चित रहेको छ ।  

यस्तै कम्पनीको कूल पूँजी १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मूनाफा ७ करोड ६ लाख रुपैंयाँ रहेको छ भने प्रतिसेयर आम्दानी(ईपीएस) ७ रुपैंयाँ रहेको छ । कम्पनीको बुक भ्यालु करिब १२७ रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ४.७८  प्रतिशत रहेको छ ।  

यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९५७ रुपैंयाँ रहेको छ । कम्पनीको १२ वर्षको औषत लाभांशदर करिब १२ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

सिमेट्रिकल प्यार्टनका आधारमा  

सेयर बजार तथा डेरिभेटिभ बजारमा सिमेट्रिकल ट्रयांगल भनेको त्यस्तो अवस्थाको साइडवेज बजार हो, जहाँ बजार सपोर्टलाई ब्रेक गरेर घट्न पनि सकेको हुँदैन र प्रतिरोधलाई ब्रेक गरेर माथि जान पनि सकेको हुँदैन । तर सेयरको मूल्य तथा सूचकले माथिल्लो विन्दु ब्रेक गरेमा बुलिस यत्रा तय गरेको बुझिन्छ भने तल्लो लाइन ब्रेक गरेको खण्डमा बियरिस यात्रा तय गर्दै गरेको मानिन्छ । यस आधारमा यो कम्पनीको सेयरमूल्यले माथिको लाइन ब्रेक गरेको देखिन्छ ।  

कम्पनीको सेयर मुल्यले लामो समय पछिको गिरावटपश्चात करिब ८०० को मूल्यमा ब्रेक अप साइड ब्रेक आउट गरेको देखिन्छ । यस आधारमा यो कम्पनीको सेयर मुल्यले केही समय अझै माथिको यात्रा तय गर्न सक्ने देखिन्छ ।  

माथि मुख्य तस्बिरमा

फियर एण्ड ग्रिडको आधारमा  

यस आधारमा यो कम्पनी हाल ८० को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यसले यो कम्पनीको सेयरप्रति लगानीकर्ताहरुको अधिक आकषर्ण रहेको भन्ने बुझिन्छ । कम्पनीको ५२ साताको उच्च मुल्य प्रतिकित्ता ९८५ र न्यून मूल्य ६९२ रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक र ४९ प्रतिशत सर्वसाधारणतर्फको रहेको छ । ब्रोकर होल्डिङमा यस कम्पनीको सेयर ब्रोकर नम्बर ५८, ४ र १०० सँग उच्च होल्डिङ रहेको छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर हाल अपर ब्याण्डमा चलेको देखिन्छ । यो संगै आज अपर ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । म्याक्डीमा यस अघि नै बुलिस क्रसओभर बनेको देखिन्छ । आरएसआई ओभर बट जोन ८५ को तहमा चलको छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर भाउले अप ट्रेन्ड लिँदै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ९८१

प्रतिरोध २ – ९१६

प्रतिरोध १–  ८७१

पिभट् प्वइन्टः ८०६

घटेमा सपोर्ट 

सपोर्ट १– ७६१

सपोर्ट २– ६९६

सपोर्ट  ३ –६५१

निष्कर्षः आधारभुत रुपमा यो कम्पनीको अवस्था सन्तोषजनक नै देखिन्छ । कम्पनीको जगेडा कोषमा करिब ३६ करोड रहेको छ भने बुक भ्यालु १२७ रुपैयाँ रहेको देखिन्छ । यो कम्पनीको रिर्टन अन इक्विटी ५.५३ प्रतिशत रहेको छ । प्राविधिक रुपमा सिमेट्रिकल प्यार्टनबाट नियाल्दा यो कम्पनीको सेयर मूल्यले अप साइड ब्रेक आउट गरेको देखिन्छ ।

फियर एण्ड ग्रिड इन्डेक्समा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ । केही दिनदेखि भोल्युम तथा कारोबारमा पनि २० दिनको औषत कारोबार भन्दा माथि आएको देखिन्छ । यस आधारमा कम्पनीको सेयर भ्यालुले केही उचाई लिन सक्ने सम्भावना रहन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.