काठमाण्डौ । आज दिनभर सामान्य उतारचढाव भएको बजार अन्त्यमा करिव २२ अंकले बढेर बन्द भयो । बजार बढ्दा आज कारोबार भने अघिल्लो दिनको तुलनामा करिब ५ अर्बले घटेको छ ।
प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार अपर ब्याण्डसँगै हिडेको छ । हालसम्म बजारले अपर ब्याण्ड छाडिसकेको भने छैन । क्याण्डल स्टिकबाट नियाल्दा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ ।
तर अघिल्लो कारोबारको शुटिङ स्टारलाई बजारले इन्भ्यालिड नै बनाएको अवस्था भने होइन । बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा २० दिनको औषत कारोबार भन्दा माथि नै आएको देखिन्छ । म्याक्डीबाट नियाल्दा बजारमा बुलिस क्रसओभर नै रहेको देखिन्छ ।
आरएसआई भने ओभर बट जोन ८० को तहमा पुगेको छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा भने बजारले ओभर बट जोनबाट केही तल खसेको देखिन्छ । यस हिसाबले आगामी कारोबारमा बजारमा औषत कारोबार भन्दा माथि नै कारोबार रहुन्जेल अप ट्रेन्डको सम्भावना नै रहन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।