काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज ‘ड्रागन फ्लाई डोजी स्टार’ बनेको छ । सेयर तथा सूचकको सुरु, अन्तिम तथा अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो बनेमा ‘ड्रागन फ्लाई डोजी’ भनेर बुझिन्छ ।
यसले दिनभरको कारोबारमा बिक्री दबाब परेको र अन्त्यमा खरिदकर्ता हावी भएको बुझिन्छ । बजारमा यस्तो आकृति बनेमा बजारले माथिको यात्रा तय गर्दै गरेको वा बुल यात्राको निरन्तरता रहेको बुझिन्छ । यसअघि पनि यस्तै क्याण्डल बने पछि बजारले थप उचाई लिएको थियो ।
बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार हालसम्म पनि अपर ब्याण्डमा नै चलेको छ । म्याक्डीमा यस अघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ ।
हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । त्यसैगरि, आरएसआईमा भने ओभर बट जोन ८४ को तहमा चलको छ । यदि आगामी कारोबारमा पनि बजार आजको उच्च विन्दु २ हजार ९८८ भन्दा माथि बन्द हुन्छ भने हालको बुल जारी रहनेछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।