शुक्रबार, श्रावण ९,२०८२ 07:19:34
  • शुक्रबार, श्रावण ९,२०८२ 07:19:34
Global IME Bank Limited

फ्रेन्चाइजी खोल्दै डली चायवाला, मूल्य ४.५ देखि ४३ लाख भारुसम्म

Hyundai Nepal
फ्रेन्चाइजी खोल्दै डली चायवाला, मूल्य ४.५ देखि ४३ लाख भारुसम्म
Shivam Cement

काठमाण्डौ । भारतको नागपुरका चिया बिक्रेता सुनील पाटिल ‘डली चायवाला’को नामले प्रसिद्ध छन् । आजकल उनी सामाजिक सञ्जालमा फेरि चर्चामा छन् । भारतभर ‘डली की टपरी’ नामबाट फ्रेन्चाइजी खोल्ने भएको उनी फेरि चर्चामा आएका हुन् ।  

हालै मात्र ४८ घण्टामा १ हजार ६०९ जनाले उनको फ्रेन्चाइजीका लागि आवेदन दिएका छन् । यो मोडल ४.५ लाख भारुबाट सुरु हुन्छ। साना सहरका उद्यमी, लगानीकर्ता र ब्रान्ड विज्ञहरूले यसलाई धेरै मन पराएको भारतीय मिडियाले बताएका छन् । डली चायवालाको मार्केटिङ रणनीतिले ठूला विज्ञहरूलाई समेत प्रभावित पारेको छ।

Muktinath Bikas Bank Limited

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले डलि चायवालाको चिया पिएपछि सामाजिक सञ्जालमा डली चायवालाको लोकप्रियता झनै बढेको थियो। हाल उनले  ‘डली की टपरी’ अन्तर्गत उनले विभिन्न प्रकारका फ्रेन्चाइजी अफर गरिरहेका छन् । यसमा ठेलामा बिक्री गर्नेका लागि ४.५ देखि ६ लाख भारु, पुलका लागि २० देखि २२ लाख र ठूलो क्याफिेका लागि ३९ देखि ४३ लाख भारु तोकिएको छ । फ्रान्चाइजीलाई डलीको विशेष शैलीमा चिया बनाउने तालिम समेत दिइनेछ ।

साथै, उनीहरूले डिजिटल सामग्री र चिया बनाउन आवश्यक वस्तुहरू पनि पाउनेछन्। प्रत्येक हप्ता सबै कुरा समान छ कि छैन भनेर सबै पसलहरुमा जाचँ समेत गरिने जनाइएको छ । प्रत्येक पसलले प्रत्येक हप्ता कम्तिमा तीनवटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ।  

ब्रान्ड विशेषज्ञहरूले उनको बजारीकरणको शैलीलाई धेरै मन पराएका छन् र उनले आफ्नो लोकप्रियतालाई व्यवसायिक तरीकाले अघि बढाएकोमा उनीहरुले प्रंशंसा गरेका छन् ।  

डलीको इन्स्टाग्राममा ५० लाखभन्दा बढी फलोअर्स र युट्युबमा २० लाखभन्दा बढी सब्सक्राइबर छन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.