काठमाण्डौ । दिनभर तलमाथि गरेको सेयर बजारमा आज अन्तिममा झिनो अंकको सुधार आयो । आज बजार बढ्दा १८ अर्ब ४९ करोड बढी कारोबार भयो । जसमा जलविद्युत समूहको मात्रै ८ अर्ब ४० करोड करोडबराबरको कारोबार भयो । त्यस पछि आज विकास बैंक र लघुवित्तको उच्च कारोबार भएको देखिन्छ ।
प्राबिधिक रुपमा आजको बजारको क्याण्डललाई अघिल्लो दिनको क्याण्डलबाट नियाल्दा आज ट्वीजर टप क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा बजारले रिभर्सल लिन सक्ने संकेत दिन्छ । तर यसको निश्चितता आगामी कारोबारले थप पुष्टि गर्नेछ । यदि बजारले आगामी कारोबारमा यी २ वटा क्याण्डलको उचाइ भन्दा माथि २९९२ मा कारोबार भएको खण्डमा बजारले थप उचाइ लिन सक्ने छ ।
त्यसैगरि, यी क्याण्डलको न्यून विन्दु २९५० भन्दा तल बजार लागेमा बजारमा केही बिक्री दबाब पनि पर्न सक्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने २० दिनको औषत कारोबार भन्दा माथि नै कारोबार भएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज पनि बजार अपर ब्याण्ड सँगै चलेको छ । आरएसआई ओभर बट जोन ८४ को विन्दुमा चलेको छ । बढ्दो बजारमा आरएसआई लामो समय ओभर बट जोनमा पनि रहन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।
