शनिबार, श्रावण ३०,२०८३ 08:16:31
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:16:31
Bizshala
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘ट्वीजर टप’, के बजारमा रिभर्सल हुँदैछ ?

Prabhu Bank Limited
नेप्सेको चार्टमा ‘ट्वीजर टप’, के बजारमा रिभर्सल हुँदैछ ?
New Office

काठमाण्डौ । दिनभर तलमाथि गरेको सेयर बजारमा आज अन्तिममा झिनो अंकको सुधार आयो । आज बजार बढ्दा १८ अर्ब ४९ करोड बढी कारोबार भयो । जसमा जलविद्युत समूहको मात्रै ८ अर्ब ४० करोड करोडबराबरको कारोबार भयो । त्यस पछि आज विकास बैंक र लघुवित्तको उच्च कारोबार भएको देखिन्छ ।  

प्राबिधिक रुपमा आजको बजारको क्याण्डललाई अघिल्लो  दिनको क्याण्डलबाट नियाल्दा आज ट्वीजर टप क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा बजारले रिभर्सल लिन सक्ने संकेत दिन्छ । तर यसको निश्चितता आगामी कारोबारले थप पुष्टि गर्नेछ । यदि बजारले आगामी कारोबारमा यी २ वटा क्याण्डलको उचाइ भन्दा माथि २९९२ मा कारोबार भएको खण्डमा बजारले थप उचाइ लिन सक्ने छ ।

CG Motors

त्यसैगरि, यी क्याण्डलको न्यून विन्दु २९५० भन्दा तल बजार लागेमा बजारमा केही बिक्री दबाब पनि पर्न सक्छ । कारोबार तथा भोल्युमबाट नियाल्दा भने २० दिनको औषत कारोबार भन्दा माथि नै कारोबार भएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज पनि बजार अपर ब्याण्ड सँगै चलेको छ । आरएसआई ओभर बट जोन ८४ को विन्दुमा चलेको छ । बढ्दो बजारमा आरएसआई लामो समय ओभर बट जोनमा पनि रहन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.