काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आव २०७४÷७५ को नगद लाभांश लिन छुटेकाहरुलाई उक्त नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल(नक्साल काठमाण्डौ( मा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।
अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । उल्लेखित ५ वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयरधनीहरुको विवरण कम्पनी र ग्लोबल आइएमई क्यापिटलको आधिकारीक वेबसाइटमा राखिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।