काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयरबजार अन्त्यमा १८ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । घट्दो बजारमा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिदैन ।
क्याण्डल स्टिकमार्फत नियाल्दा आज नेप्सेको चार्टमा ‘शुटिङ स्टार’ प्रकृतिको क्याण्डल बनेको छ । यसले लगातार बढेको बजारमा ब्रेक लागेको संकेत गर्छ । यसअघि चार्टमा डोजी प्रकृतिको क्याण्डल बनेका थिए । बोलिङ्गर ब्याण्डबाट नियाल्दा हालसम्म पनि बजार अपर ब्याण्डमा चल्दै गरको देखिन्छ ।
म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ८५ को तहबाट हाल ७९ को तहमा चलेको देखिन्छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा प्रष्ट रुपमा नै बियरिस डाभर्जेन्स देखिन्छ । समग्र इन्डिकेटबाट नियाल्दा बजार करेक्सनको यात्रामा चलेको देखिन्छ ।
लामो समय बढेको बजारमा आज आएको करेक्नसपछि फिवोनासी मार्फत नियाल्दा अब बजारले ०.२३ प्रतिशत अर्थात २९१५ विन्दु आसपासमा बलियो सपोर्ट लिनसक्छ । त्यसैगरि, त्यहाँबाट पनि तल खसेमा ०.३८ प्रतिशतको सपोर्ट २८५० विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ । तर यदि आज बनेको शुटिङ स्टारलाई बजारले इन्भ्यालिड गरेर माथि लाग्छ भने बजारले ३०६० र ३२०० विन्दु आसपासमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।