काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न आवमा वितरण गरेको नगद लाभांश तथा बोनस सेयर बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
कम्पनीले नगद लाभांश वितरण हुन नसक्नुको कारणसहितहो विवरण कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको वेबसाइटमा राखेको हुँदा सोही अनुसारको विवरण अद्यावधिक गरी आफ्नो संकलन गर्न बाँकी रकम प्राप्त गर्न भनेको छ ।
यस्तै विभिन्न आवमा वितरण गरेको बोनस सेयरको प्रमाणपत्र संकलन गरी उक्त सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न समेत कम्पनीले आग्रह गरेको छ । भौतिक रुपमा कायम सेयरधनीहरुको हकमा आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गरेपश्चात मात्रै नगद लाभांश हितग्राही खातामा जम्मा गरिने समेत कम्पनीले जनाएको छ ।