शुक्रबार, माघ ९,२०८२ 05:30:54
Bizshala
  • शुक्रबार, माघ ९,२०८२ 05:30:54
Bizshala
Global IME Bank Limited
Bizshala

आइएमई मोटर्सले पायो ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’

आइएमई मोटर्सले पायो ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’
Shivam Cement

काठमाण्डौ । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ।

आइएमई मोटर्स रअशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुईबिचको सहकार्यमा थप ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ। उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, रउत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको  आईएमई मोटर्सको दस वर्षे यात्रालाईअझ विशेष र अर्थपूर्ण बनाएको जनाइएको छ।

यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुराएको उत्कृष्टयोगदानलाई उच्च सम्मान प्रदान गरेको कम्पनीको भनाई छ।

Bizshala
Garima Development Bank
New Office

आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो पुरस्कार प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए। ‘हामी भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने छौं,’ सर्भिस प्रमुख श्रेष्ठले उल्लेख गरे ।

आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुदाँ आइएमई मोटर्सको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताएका छन्  । ‘हामीलाई  निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न यो अवार्डले थप उत्साह थपेको छ, ’कार्यकारी निर्देशक  ढकालले भने ।

अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले अशोक लेल्यान्डसँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले सहकार्यको मजबूत र उत्कृष्टग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको बताए।

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता, र समग्र योगदानको आधारमा विश्वभरकासाझेदारहरूलाई सम्मान गरिन्छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.