काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा यज्ञ प्रकाश न्यौपाने नियुक्त भएका छन् । न्यौपाने संस्थापक सेयरधनी कृषि विकास बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी संस्थाको सञ्चालक नियुक्त भएका हुन् ।
उनलाई कृषि विकास बैंकले यसअघिका सञ्चालक डा. बाबुकाजी थापाको स्थानमा नियुक्त गरी पठाएको संस्थाले जनाएको छ । उनले साउन १३ गते सञ्चालक पदको पद तथा गोपनियताको सपथ लिएका छन् ।