सोमबार, भाद्र १६,२०८२ 11:00:27
  • सोमबार, भाद्र १६,२०८२ 11:00:27
Global IME Bank Limited

ट्रम्पले दिए भारतमाथि भारी ट्यारिफ लगाउने धम्की

Hyundai Nepal
ट्रम्पले दिए भारतमाथि भारी ट्यारिफ लगाउने धम्की
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि भारी ट्यारिफ लगाउने धम्की दिएका छन् । ट्रम्पले भारतबाट आयात हुने वस्तुमाथि २० देखि २५ प्रतिशतसम्म भन्सार लगाउन सकिने बताए । तर, दुई देशबीच व्यापार सम्झौताको विषयमा छलफल भईरहेकाले अन्तिम ट्यारिफको टुङ्गो लागि नसकेको बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै उनले अहिलेसम्म सम्झौताको अन्तिम प्रारुप तयार भईनसकेको समेत जानकारी दिए ।  स्कटल्याण्डको ५ दिने भ्रमणबाट फर्कने क्रममा एयर फोर्स वनमा पत्रकार सम्मेलनमा ट्रम्पले भारतलाई २० देखि २५ प्रतिशत ट्यारिफका लागि तयार रहनुपर्ने बताएका हुन् ।

उनले भारतले अमेरिकालाई अन्य देशको तुलनामा बढी कर लगाएको आरोप लगाए र अब आफूले जिम्मेवारी पाएपछि यो सबै अन्त्य हुने बताए ।  

उक्त अवसरमा उनले फेरि एकपटक भारत र पाकिस्तानबीचको युद्धविरामको श्रेय लिएका छन् । उनले भने, ‘भारत मेरो मित्र हो । मेरो आग्रहमा उसले पाकिस्तानसँगको युद्ध अन्त्य गर्यो । भारतसँगको सम्झौता भने टुंगो लागेको छैन ।’

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.