आईतवार, श्रावण १०,२०८३ 12:37:26
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 12:37:26
Bizshala
Global IME Bank Limited

घाटाबाट बाहिरिदै उन्नति सहकार्यले कमायो ५.२४ करोड नाफा, ईपीएस २१.२४ रुपैयाँ पुग्यो

घाटाबाट बाहिरिदै उन्नति सहकार्यले कमायो ५.२४ करोड नाफा, ईपीएस २१.२४ रुपैयाँ पुग्यो
New Office

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ९४ लाख ५९ हजार रुपैयाँमा घाटामा थियो ।  

संस्थाले समीक्षा अवधिमा २७ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५२.३७ प्रतिशतले बढी हो । संस्थाको खुद सञ्चालन आम्दानी २९ करोड ४५ लाख रुपैयाँ र सञ्चालन मुनाफा ७ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको रिटेन्ड अर्निङ ८ करोड ७७ लाख रुपैयाँ र रिजर्भको आकार ११ करोड २ लाख रुपैयाँबराबर रहेको छ । १ अर्ब २० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ३ अर्ब ७६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।    

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ९१ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ३० लाख रुपैयाँको व्यवस्था गरेको थियो । संस्थाको खराब कर्जा अनुपात ३.०३ प्रतिशतबाट बढेर ४.७३ प्रतिशत पुगेको छ ।  

चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ८ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४८.२१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६४०.४५ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८६.२१ गुणा र तरलता अनुपात ३.९३ गुणा कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.