सोमबार, श्रावण १९,२०८२ 09:52:31
  • सोमबार, श्रावण १९,२०८२ 09:52:31
Global IME Bank Limited

आशा लघुवित्तको नाफा २४८% ले बढ्यो, खुद ब्याज आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
आशा लघुवित्तको नाफा २४८% ले बढ्यो, खुद ब्याज आम्दानी र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा २४८.२७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले  ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यस्तै चौथो त्रैमाससम्म संस्थाले ७३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६७.४७ प्रतिशतले धेरै हो । अघिल्लो आवमा संस्थाले ४४ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ । अघिल्लो आवमा १० करोड ३१ लाख रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर ११ करोड ३२ लाख पुगेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

संस्थाको कुल सञ्चालन आम्दानी ५०.०५ प्रतिशतले बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा ३० करोड १६ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको रिटेन्ड अर्निङ ६२.६९ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १० करोड ५ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ बढेर १६ करोड ३६ लाख पुगेको छ । संस्थाको रिजर्भको आकार पनि ३२ करोड ५६ लाख रुपैयाँबाट बढेर ३७ करोड ७ लाख रुपैयाँ पुगेको छ ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म २ अर्ब ८० करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर ३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह पनि ९ अर्ब ५५ करोड रुपैयाँबाट बढेर १० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।  

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १० करोड २ लाख रुपैयाँ छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात केहि घटेको छ । संस्थाको खराब कर्जा अनुपात ४.८१ प्रतिशतबाट घटेर ४.४८ प्रतिशतमा झरेको छ । संस्थाको वितरणयोग्य मुनाफा १६ करोड ३६ लाख रहेको छ । जुन अघिल्लो आवको तुलनामा १२.७५ प्रतिशतले बढी हो ।  

यस्तै संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी २२.३२ रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २८.५५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १७२.९० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५२२.४२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३१.३८ गुणा र तरलता अनुपात ६.२१ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.