शुक्रबार, श्रावण २२,२०८३ 12:41:31
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:41:31
Bizshala
Global IME Bank Limited

वार्षिक औषत २१.६% लाभांश दिएको स्वरोजगार लघुवित्तको सेयर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला अबको यात्रा ?

वार्षिक औषत २१.६% लाभांश दिएको स्वरोजगार लघुवित्तको सेयर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला अबको यात्रा ?
New Office

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ‘घ’बर्गको वित्तीय संस्थाहरु मध्यको एक हो । यो सस्था विसं २०६६ सालमा काभ्रे जिल्लामा स्थापित भएको थियो । यो सस्थाको मुख्य उद्देश्य भनेको ग्रामिण भेगका महिलाहरुलाई वित्तीय सेवा उपलब्ध गराउनु रहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्तापूँजी ६९ करोड ६ लाखबराबर रहेको छ । कम्पनीको जगेडा कोषमा ४९ करोड ४० लाख रेहको छ । यस्तै कम्पनीको कूल पूँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको खुद मुनाफा १६ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३०.९३ रुपैयाँ रहेको छ भने बुक भ्यालु १७१ , रिर्टन अन इक्विटी १८ प्रतिशत , खराब कर्जा अनुपात ५.०४ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यस आधारमा यो कम्पनीको सेयर मूल्यले हाल चौंथो वेभको करेक्सन चल्दै गरेको र पाँचौ वेभमा सेयरको मूल्यले १३ सय सम्म पूग्न सक्ने देखिन्छ ।  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल ६० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ११४८ र न्यून मूल्य भनेको ७६६ रुपैयाँ रहेको छ । यस कम्पनीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहमा रहेको छ । यो कम्पनीको सेयर ब्रोकर नम्बर १ , १०० र ६२ बाट उच्च होल्डिङ रहेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डबाट खसेर मध्य ब्याण्डमा सपोर्ट लिँदै गरेको देखिन्छ । आज मध्य ब्याण्डमा डोजी प्रकृतिको क्याण्डल बनेको छ । म्याक्डी मार्फत नियाल्दा भने वियरिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ बन्दै गएका छन् । आरएसआई ओभरबाट जोनबाट तल खसेको छ । यसले समग्रमा यो कम्पनीको सेयरमा अल्पकालिन करेक्सनको सम्भावना देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १२५०

प्रतिरोध २ – १२०२

प्रतिरोध १–  ११५०

पिभट् प्वइन्टः ११०२

घटेमा सपोर्ट

सपोर्ट १– १०५०

सपोर्ट २– १००२

सपोर्ट  ३ –९५०

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी बलियो नै देखिन्छ । विगत १० बर्षको औषत लाभांशदर करिब २२ प्रतिशत रहेको छ । कम्पनीको जगेडा कोष , नेटवर्थ र प्रतिसेयर आम्दानी मजबुत रहेको देखिन्छ । प्राविधिक रुपमा यो कम्पनी फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ ।  

इलिअट वेभबाट नियाल्दा अप ट्रेन्डमा नै चलेको देखिन्छ । इन्डिकेटरबाट नियाल्दा भने केही समय अप ट्रेन्डमा रहेको यो कम्पनीको सेयरमा अल्पकालिन करेक्सन हुँदै गरेको र दीर्घकालमा बुलिस बन्दै गरेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.