शनिबार, श्रावण ३०,२०८३ 08:12:31
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:12:31
Bizshala
Global IME Bank Limited

मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको म्याक्डीमा वियरिस क्रसओभर, अबको सम्भावना कस्तो ?

Prabhu Bank Limited
मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको म्याक्डीमा वियरिस क्रसओभर, अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजारमा अन्त्यमा सकारात्मक भएर बन्द भएको छ । आज बजार बढेता पनि कारोबार भने अघिल्लो दिनको तुलनामा झण्डै २.२५ अर्बले घटेको छ । आजको कारोबार यस अघिको २० दिने मूभिङ एभरेज भन्दा कम हो ।  

यसले बजारमा क्रमशःकारोबार घट्दै गएको बुझिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज मध्य ब्याण्डमा बजारले सपोर्ट लिएको देखिन्छ । तर बजार फर्कि हाल्यो भन्नलाई अबको कारोबारमा आजको उच्च विन्दु २८९० भन्दा माथि बजार टिक्नु पर्ने हुन्छ । यदि बजार फेरि २९ सय विन्दुमाथि १५ अर्ब कारोबारका साथ लागेमा बजार अप ट्रेन्डमा नै चलेको बुझिने छ । 

CG Motors

अर्थात आगामी क्याण्डल भोल्यूम सहितको बुलिस प्रकृतिको क्याण्डल बनेको खण्डमा बजारले अप ट्रेन्ड थप निश्चित हुनेछ । म्याक्डीबाट नियाल्दा भने बजारमा प्रष्ट रुपमा वियरिस क्रसओभर देखिन्छ । हिस्टोग्राम नेगेटिभ बनिसकेको छ ।  

आरएसआई र एमएफआइ ओभर बट जोनबाट खसेर हाल न्यूट्रल जोनमा चलेको देखिन्छ । पिभट् मार्फत नियाल्दा आज २ हजार ८७५ विन्दुमा बन्द भएको बजारले क्रमश ः २८९०, २९५५ र ३०६८ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

त्यसैगरि, घटेमा भने २८४२, २८०० र २७७० विन्दुमा सपोर्ट लिन सक्छ । यस हिसाबले आज मध्य ब्याण्डमा सपोर्ट लिएता पनि २९२९ विन्दुमाथि बजार नटिकेसम्म आजको बजारको बढोत्तरी परिपक्क भएको मान्न सकिदैन ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.