सोमबार, श्रावण १८,२०८३ 03:34:09
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:34:09
Bizshala
Global IME Bank Limited

भारतलाई निरन्तर निशाना बनाउदै ट्रम्प, फेरि दिए ट्यारिफ बढाउने चेतावनी

भारतलाई निरन्तर निशाना बनाउदै ट्रम्प, फेरि दिए ट्यारिफ बढाउने चेतावनी
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतलाई ट्यारिफ बढाउने चेतावनी दिएका छन् । रुससँग भारतको निकटता बढेको भन्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

ट्रम्पको यो नयाँ चेतावनी उनले भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको एक सातापछि आएको हो ।  

भारतले रुसबाट तेल खरिद गरेकोमा ट्रम्प आक्रोशित देखिएका छन् । भारतले रुसबाट सैन्य हतियार किनेको पनि उनी हेर्न चाहँदैनन् । ट्रम्पले युक्रेनमा युद्धविरामका लागि प्रयासलाई तीव्र पारेका छन् । यी प्रयासहरू बीच, ट्रम्पले भारतलाईचेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपतिले रुससँग भारतको घनिष्ठ सम्बन्ध रहेको भन्दै उच्च कर लगाउने चेतावनी दिएका छन् ।

ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा यसबारे लेखेका छन्, । भारतले रुसबाट ठूलो परिमाणमा तेल खरिद गरिरहेको उनले बताए । त्यसपछि खरिद गरिएको तेलको ठूलो हिस्सा खुल्ला बजारमा बिक्री गरेर भारतले नाफा कमाउने गरेको उनले आरोप लगाएका छन् । डोनाल्ड ट्रम्पले रुसी युद्ध मेसिनले युक्रेनमा कति मानिस मारिरहेको छ भन्ने कुरा भारतलाई परवाह नभएको दाबी गरे । जसका कारण उनले अमेरिकाले भारतमा लगाएको करमा उल्लेख्य वृद्धि गर्ने बताएका छन् ।  

गत हप्ता पनि ट्रम्पले ट्रुथ सोसलमा भारतलाई निशाना बनाएका थिए । उनले भारत र रुस दुवैलाई आफ्नो मृत अर्थतन्त्र जहाँ चाहान्छ त्यहाँ लैजान सक्ने बताएका थिए । अगस्टको पहिलो सातादेखि ट्रम्पले भारतीय सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यससँगै रुसबाट खरिद गर्दा जरिवाना लगाउने समेत उनले बताएका थिए ।  

ट्रम्पको पछिल्लो कदमले भारत र अमेरिकाबीचको व्यापार सम्बन्धमा तनाव बढाउन सक्ने विश्लेषकहरुले चेतावनी दिएका छन्। अमेरिकाले लगाएको करबाट भारत पहिले नै असन्तुष्ट छ । अब ट्रम्पको नयाँ चेतावनीले दुई देशबीचको सम्बन्ध बिग्रन सक्ने उनीहको ठहर छ। ट्रम्पको निर्णयले भारतीय अर्थतन्त्रमा असर पर्न सक्छ । अमेरिका भारतको महत्वपूर्ण व्यापार साझेदार हो। अमेरिकाले भारतमा भन्सार बढाएमा भारतीय निर्यात घट्न सक्छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.