शुक्रबार, आश्विन ९,२०८३ 12:02:24
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 12:02:24
Bizshala
Global IME Bank Limited

डबल टप बनाएर खसेको बजारमा ‘डेड क्याट बाउन्स’, अबको सम्भावना कस्तो ?

Bizshala
डबल टप बनाएर खसेको बजारमा ‘डेड क्याट बाउन्स’, अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । आज बजार दिनभर उतारचढावपूर्ण रह्यो । इन्ट्रा डेमा २९ सय माथि पुगेको बजार अन्त्यमा ४१ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा हालको बजारलाइ स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा बियरिस चेन्च अफ क्यारेक्टर बनाएको छ । डाउथेउरीबाट नियाल्दा पनि लोवर लो र लोवर हाईको सिरिज बनाएको देखिन्छ ।  

त्यसैगरि, कारोबार तथा भोल्यमुबाट नियाल्दा पनि बजारले २० दिने मूभिङ एभरेज भन्दा तल खसेको छ । यी सबै माध्यमबाट नियाल्दा अघिल्लो दिनको बढोत्तरीलाई आजको बजारले डेड क्याट बाउन्स भएको पुष्टि गरेको छ । यस आधारमा बजारले एक चरण फेरि डीप करेक्सनको यात्रा तय गरेको देखिन्छ । हालको करेक्सनलाई  इलिअट वेभको ‘ए’ बराबर ‘सी’ हुन्छ  भन्ने सिद्धान्तको आधारमा अबको करेक्सन केही डीप हुन सक्ने सम्भावना रहन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

डेड क्याट बाउन्स भनेको के हो ?

यदि घटिरहेको बजारमा अल्पकालीन तथा छोटो समयका लागि बजार तथा कुनै कम्पनीको सेयरमूल्य फर्किन्छ भने यसलाई डेडक्याट बाउन्स अर्थात ‘मरेको बिरालो’ भनिन्छ । यदि कुनै पनि कम्पनीको मूल्य तथा बजार सूचकमा अल्पकालिन र्याली आउँछ र कुनै पनि आधारभूत तत्वले काम नगरी पुनः मूल्य तथा सूचकमा गिरावट आउँछ भने त्यसलाई आधारभूत रुपमा डेड क्याट र्याली भनेर बुझिन्छ ।  

त्यसैगरी, प्राविधिक रुपमा पनि डेड क्याट बाउन्सलाई परिभाषा गरेको पाइन्छ । यदि निरन्तर बढेको बजार तथा वस्तुको मूल्यमा गिरावट आउँछ र पुनः अल्पकालीन बढोत्तरी आएर ‘भी’ आकार बनाउँछ भने त्यसलाई पनि डेड क्याट बाउन्स भनेर बुझिन्छ ।  

कसरी पर्छन् लगानीकर्ता बुल ट्रयापमा ?

कुनै पनि सेयर अथवा सूचक केही समय बढेपछि डेड क्याट बाउन्सको अवस्था आउछ । यस्तो बढेको अवस्थामा एकथरी लगानीकर्ताले सेयर बेच्न सकेका हुँदैनन् । जब बजार घट्न थाल्छ यस्ता लगानीकर्ताले पहिलेको सूचक तथा सेयरमूल्य हेरेर पुछुतो मान्ने गर्छन् र बढ्दा बेच्ने मनस्थिति बनाएका हुन्छन् ।  

अर्काथरी लगानीकर्ता जसले किन्नका लागि करेक्सन कुरेर बसेका हुन्छन् तर बजार बियरिस ट्रेन्डमा पुगेको थाहा पाएका हुँदैनन् उनीहरु बजार केही घटेपछि पुनः बजारमा छिर्छन् ।  

यी दुईथरी लगानीकर्ताको कारोबारले बजारमा डेड क्याट बाउन्सको अवस्था सिर्जना हुन्छ । सेयर बजारमा बोलीचालीको भाषामा यसलाई ‘बुल ट्रयाप’ पनि भनिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.