काठमाण्डौ । खुद ब्याज आम्दानीमा गिरावट आएसँगै फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडको नाफा घटेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.३४ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १४ करोड ६ लाख खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी पनि ३१.८१ प्रतिशतले घटेको छ । संस्थाले २१ करोड १७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा यो रकम ३१ करोड ५ लाख रहेको थियो। कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी पनि घटेकोृ छ । अघिल्लो आवमा १ करोड ८६ लाख रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी घटेर ५१ लाख ३४ हजार रुपैयाँमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको खुद सञ्चालन आम्दानी २६ करोड २७ लाख र सञ्चालन नाफा १९ करोड ८ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ १०.०८ प्रतिशतले घटेर १० करोड ७८ लाखमा झरेको छ । रिजर्भको आकार भने २८ करोड ५४ लाखबाट बढेर ३१ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको खराब कर्जा अनुपात ३.१६ प्रतिशतबाट बढेर ३.८४ प्रतिशत पुगेको छ । यस्तै वितरणयोग्य मुनाफा ११ करोड ९९ लाखबाट घटेर १० करोड ७८ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको वितरणयोग्य प्रतिसेयर आम्दानी ८.०२ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.७९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.२५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०३.०१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८१.५८ गुणा र तरलता अनुपात ११.५१ प्रतिशत कायम भएको छ ।